२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवाको ट्राफिक व्यवस्थापन

भैरहवाको ट्राफिक व्यवस्थापन

भैरहवाको ट्राफिक व्यवस्थापन

भैरहवाको ट्राफिक व्यवस्थापन

भैरहवाको ट्राफिक व्यवस्थापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • पर्यटकीयस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा ट्राफिक व्यवस्थापन चुस्त हुन सकेको छैन । स्थलमार्गबाट धेरै पर्यटक आउने बेलहिया नाका पनि यही पर्ने भएकाले पर्यटकमैत्री पूर्वाधार र व्यवस्थापनमा ध्यान नपुग्नु सरकारी निकायको गैरजिम्मेवारी हो ।
    पर्यटकीय क्षेत्रमा पर्यटकमैत्री वातावरणले नै पर्यटक आगमन बढ्ने हो । उनीहरुले फर्कदा सकारात्मक सन्देश लिएर जान सक्छन् । बेलहिया नाकाबाट छिर्नेबित्तिकै गाडीको जाम, मनपरी पार्किङ र बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले उनीहरुले लिएर जाने सन्देश कस्तो होला ? भैरहवामा बसपार्क छ, तर बसपार्कमै बस पार्किङ्लाई कडाइ गर्न प्रहरीले सकेको छैन । ट्रकहरुको पार्किङ् सडक किनारमै भइरहेको छ । साना गाडीको पार्किङ् पनि सडकमै हुन्छ । व्यवसायीले व्यापार गर्न पसल खोलेका छन्, तर उनीहरुका गाडी पसल अगाडि पार्किङ् भइरहेका छन् । पार्किङ अस्तव्यस्त हुँदा शहरको सौन्दर्य नै हराएको छ । फराकिला सडक त बनेका छन्, तर ती सडक गाडी पार्किङ् गर्ने थलो बन्नु  भैरहवाको दुर्भाग्य हो ।


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान बढाउन पहल भइरहेको छ । आन्तरिक उडान हुँदै आइरहेको यो विमानस्थलबाट अब केही समयभित्रै अन्तर्राष्ट्रिय उडान हुँदैछ । अन्तर्राष्ट्रिय उडान भएसँगै यहाँ आवागमन अझैँ बढ्दै जानेछ । अब ट्राफिक व्यवस्थापन गर्न स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्छ । तत्काल र दीर्घकालसम्म गर्नुपर्ने कामका बारेमा सिद्धार्थनगर नगरपालिकाले प्रष्ट धारणा अघि सार्नुपर्छ । ट्राफिक प्रहरीले पनि भैरहवाको ट्राफिक व्यवस्थापन के गर्दा चुस्त बनाउन सकिन्छ भन्ने बारेमा स्थानीय तहसँगको साझेदारीमा अघि बढ्नु उत्तम हुन्छ ।


    शहरमा फराकिला सडक बनाएर मात्रै हुँदैन्, ती सडक पार्किङ्का लागि प्रयोग भए भने त्यसको महत्व र उपयोगिता हुँदैन । फराकिला सडकमा गाडी कुद्न पाए मात्रै शहरमा आवागमन सहज हुन्छ । अहिले भइरहेको भद्रगोललाई थप नबढाउनका लागि अहिले नै पहल थाल्नु परिपक्क काम हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij