२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन ।बुटवलमा आयाेजित एक कार्यक्रमलाइ सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताए।

    प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउनेगरी निर्णय गरेको थियो । सो निर्णयहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने समेत जानकारी गराए ।

    उद्योगी, व्यवसायीको उत्साह संग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए ।

    ‘प्रदेश सरकारले राम्रो संग बुझेको छ । जव सम्म उद्योगी, व्यवसायीहरुले निर्विवाद ढंगले उहाँहरुलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तव सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो’मुख्यमन्त्री आचार्यले भने,‘सरकारले लगानीको वातावरण बनाउछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।’

    ‘हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी छ’उनले भने,‘स्वदेशि उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणको लागि सरकारले सहयोग गर्छ ।’

    व्यवसायीहरुलाई पर्ने कानुनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको समेत बताए । ‘प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ’मुख्यमन्त्री आचार्यले भने,‘तपाईहरुलाई परेका कानुनी समस्याहरु, ति बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानुनहरुमा समस्या देखा परेका छन् भने समयमा बुदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij