२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बुटवल ।  शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।

    विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता पालिकामा माग गर्ने र त्यसका आधारमा पालिकाले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

    शिक्षक र कर्मचारीको तलब भत्ता बैंकमार्फत् भुक्तानी हुनुपर्छ । तर कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले हालै लिखित रूपमै निर्देशन दिएको हो । कतिपय शिक्षक र कर्मचारीले मुख्य पर्व दशैँ आइसक्दा पनि तलब भत्ता पाउन नसकेको गुनासोसमेत गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij