२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • नवलपरासी । पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई आज साँझ ठक्कर दिएको हो । 

    दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १० निवासी ३२ बर्षीय ऋषि लम्तरीको निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । 

    त्यसैगरी दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार २९ बर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन् । 

    उनको भलुही मेडिक कलेज रुपन्देहीमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । 

    ठक्कर दिने माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij