२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विकास आयोजनाप्रति अपनत्व

विकास आयोजनाप्रति अपनत्व

विकास आयोजनाप्रति अपनत्व

विकास आयोजनाप्रति अपनत्व

विकास आयोजनाप्रति अपनत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन १२ तले भवन निर्माणको अवस्थाबारे सरोकारवाला निकायबिच छलफल भएको छ । विकास आयोजनालाई तोकिएको समयमा गुणस्तरीय ढंगले सम्पन्न गर्न स्थानीयस्तरमा हुने सहयोगले महत्वपूर्ण अर्थ राख्छ । स्थानीयस्तरमा रहेका संघ–संस्था, राजनैतिक दललगायतले अपनत्व गर्दा नै विकास आयोजना सफल हुने हो ।


    मुलुकमा संघीय शासन प्रणाली स्थापनापछि तहगत सरकारबिच समन्वय र सहकार्यलाई जोड दिइएको छ । संविधानको मर्म तहगत सरकारबिच समन्वय र सहकार्य गर भन्ने भएकाले पनि तहगत सरकारबिच समन्वय अपरिहार्य छ । यद्यपी अहिले तहगत सरकारबिच समन्वयको अभाव छ । यही समन्वयको अभावले प्रदेश र संघीय सरकारले सञ्चालन गरेका आयोजनाप्रति स्थानीय तहले अपनत्व नलिने प्रवृत्ति छ । पालिकामा कार्यान्वयन हुन लागेको र स्थानीय समुदाय लाभान्वित हुने आयोजनाप्रति अपनत्व लिन नखोज्नुको कारण हो, समन्वयको अभाव । स्थानीय तहले कतिपय महत्वपूर्ण ठानेका आयोजना सिफारिश गरेर पठाए पनि संघीय र प्रदेश सरकारले बेवास्ता गर्ने प्रवृत्ति पनि कतिपय अवस्थामा देखिन्छ । यही अवस्थाको अन्त्य गर्न हुनसक्छ, यहाँ निर्माणाधीन अस्पताल निर्माणको अवस्थाबारे जानकारी दिन र सुझाव ग्रहण गर्न छलफल भयो । प्रदेश पूर्वाधार प्राधिकरणको अगुवाइमा भएको छलफलले यो आयोजनाप्रति अपनत्व बढेको छ । आयोजना निर्माणका क्रममा कुनै समस्या आए समाधानको सहज वातावरण तयार भएको छ ।


    प्रदेश पूर्वाधार प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी काम अघि बढेको छ । अस्पतालको निर्माणाधीन भवनको एक महिनाअघि अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरिसकेका छन् । २०८५  पुषसम्म काम सक्ने सम्झौता भए पनि निर्माण कम्पनी र पूर्वाधार प्राधिकरणले तीन वर्षभित्रै अस्पताल भवन निर्माणको काम सक्ने प्रतिबद्धता व्यक्त गरेकाले पनि निर्माणका क्रममा कुनै समस्या आए सहज समाधानको बाटो खोज्नुपर्नेछ । यो आयोजना तीन वर्षभित्रै सम्पन्न भयो भने विकास आयोजनाप्रति सकारात्मक सन्देश प्रवाह हुनेछ । अहिलेसम्म विकास आयोजना बेलैमा सम्पन्न नहुने प्रवृत्तिले नागरिकमा निराशा छ । विकास आयोजना बेलैमा सम्पन्न नहुँदा त्यसले दिने सास्तीले नागरिक आजित छन् । धुलो, धुवाँलगायत प्रदुषणको मार व्यहोरेका नागरिकले बरु आयोजना नभइदिएको भए हुन्थ्यो भन्ने धारणा राख्दा विकास आयोजनाप्रति नकारात्मक मनोविज्ञान तयार भएको छ ।


    लुम्बिनी प्रदेशको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार विकास गरी विशिष्टिकृत सेवा उपलब्ध गराउन सक्दा बुटवलको स्वास्थ्य सेवाले छलाङ मार्ने छ । योसँगै यहाँको बजार पनि चलायमान हुन बल पुग्छ । बुटवलवासीले यो अस्पतालको स्तरवृद्धिका लागि हुने हरेक कामप्रति अपनत्व लिएर अघि बढ्नु नै उत्तम हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij