२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्ने सडक दुई तर्फी खुल्याे, भासिने सम्भवना कायम

दाउन्ने सडक दुई तर्फी खुल्याे, भासिने सम्भवना कायम

दाउन्ने सडक दुई तर्फी खुल्याे, भासिने सम्भवना कायम

दाउन्ने सडक दुई तर्फी खुल्याे, भासिने सम्भवना कायम

दाउन्ने सडक दुई तर्फी खुल्याे, भासिने सम्भवना कायम
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  •  नवलपरासी । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलामा भासिएको सडक मर्मत गरी बिहान ११ बजेर ४० मिनेटदेखि पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

    सडक पूर्ण रुपमा सञ्चालनमा आएसँगै लामो समय जाममा परेका सवारी साधनलाई पास गराउने काम भइरहेको प्रहरीको भनाइ छ । सडक हाललाई दुईतर्फी नै सञ्चालनमा आए पनि कुनै पनि बेला भासिन सक्ने जोखिम रहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताए । असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि १४ गते सडक भासिएको थियो । एक रात एक दिन पूर्ण रुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरी भासिएको थियो ।

    सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कपोरेशन प्रालिको टोलीले लगातार सडक मर्मत गरी पूर्ण रुपमा गाडी सञ्चालनमा आएको बोहोराले बताए ।

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पनि हाललाई पूर्ण रुपमा सञ्चालनमा आए पनि जोखिम भने कायमै रहेको बताउनुभयो । भासिएको ठाउँमा डाईभर्सन गर्ने ठाउँ नभएकाले यात्रुले सास्ती पाउँदै आएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij