भैरहवा । हरियो तथा अर्गानिक तरकारी उपभोक्ता माझ पु¥याउनका लागि भैरहवा कृषि बजार सञ्चालनमा आएको छ । स्थानी उत्पादन दैनिक रुपमा कृषकबाट उपभोक्ता माझ पु¥याउने उद्देश्यका साथ ६ जना स्थानीयरु मिलेर सिद्धार्थनगर नगरपालिका ९ कठौतियामा बजार संचालनमा ल्याएका हुन ।
करिब ५ कठ्ठा क्षेत्रफलमा सेड, शौचालय तथा आवश्यक पूर्वाधारहरु निर्माण गरि बजार केही दिनबाट बजार संचालनमा ल्याएपनि शनिबार बजारको औपचारिक उद्घाटन गरिएको छ । सिद्धार्थनगर नगरपलिकाका मेयर इस्तियाक अहमद खाँले बजारको उद्घाटन गर्दै सिद्धार्थनगरको सबै भन्दा बढि जनघनत्व भएको क्षेत्रमा तरकारी बजार संचालन गरेर राम्रो सुरुवात गरिएको बताए । उपभोक्तालाई विषाधी युक्त तरकारी भन्दा अर्गानिक तरकारीहरु उपलब्ध गराई नमुना अर्गानिक बजारको रुपमा बिस्तार गर्न आग्रह गरे ।
नाफा मात्र नहेरी गुणस्तरीय ताजा र शुद्ध तरकारी तरकारी उपलब्ध गराउन नगरपालिका कार्यालय पनि प्राविधिक एवम भौतिक सहयोग गर्न सदैव तत्पर रहेको बताए । बजार बिस्तार एवम यसलाई अर्गानिक रुपमा विकासको लागि बिक्रेताहरुलाई नगरपालिका कार्यालयबाट नै सहयोग गर्ने उनले बताए ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले वडाको ६ जना युवाहरुको प्रयासमा स्थानिय स्तरमै रोजगारीको प्रयास सराहनिय रहेको बताए । उनले भैरहवामा अवसरै अवसर रहेको बताउदै यसको लागि युवाहरु नै लाग्नु पर्नेमा जोड दिए ।
बुद्धचोकबाट केही भित्र रहेको बजारमा दैनिक रुपमा बजार लाग्ने छ, कृषकले आफ्नो उत्पादन ल्याउने र साताको २ दिन हाट बजार समेत लाग्ने भैरहवा कृषि बजारका अध्यक्ष चन्द्रो कहारले बताए । बिहान ७ बजे देखि रातीको ९ बजे सम्म सञ्चालन हुने बजारमा प्रत्येक बुधबार र सोमबार साप्ताहिक हाट लाग्ने जस्को उद्देश्य भनेको नेपालीहरु उपभोक्ताहरुलाई सीमावर्ती भारतीय फरेनीया बजार जानबाट रोक्नु पनि हो । हामीले भारतीय बजारकै मूल्यको हाराहारीमा त्यहाभन्दा गुणस्तरिय समान उपलब्ध गराउने गरी योजना बनाएका कहारले भने ।
चन्द्रो कहार सहित स्थानिय दिपक श्रेष्ठ, रतन कुमार गुप्ता, मोहम्मद अनिस पठान, अब्दुल रसिल पठान र रंगीलाल चाईको संयुक्त लगानीमा भैरहवा एग्रिकल्चरल सुपर मार्केट एण्ड मल्टि टे«डिङ्ग कन्सर्न प्राली नामको कम्पनीबाट सञ्चालनमा रहेको बजारमा मासुको साथै जिउदो माछा पनि उपभोक्ताले खरिद गर्न सक्ने छन् ।




