२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जागृती बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

जागृती बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

जागृती बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

जागृती बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

जागृती बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • बुटवल । जागृती बहुउद्देशीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारण सभा तथा औं धिवेसन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री रमेशप्रसाद पाण्डेको अध्यक्षता, प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख अतिथ्यता तथा बुटवल उ.प.म.पा.वार्ड नं. ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । 


    २०५३ सालमा दर्ता भएको सहकारीमा हाल १०८९ शेयरधनी रहेका छन् । संस्थाको हाल शेयर पुँजी २,७२,८२,०००.०० बचत १६,४४,१८,२१६.६४ तथा कर्जा  १५,००,७७,११६.०४ रहेको छ । संस्थाका सचिव लालप्रसाद बस्यालले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रमेशप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कृष्णप्रसाद भण्डारी तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोकनाथ पाण्डेले प्रस्तुत गरेका थिए ।


    संयोजक शेषनारायण बस्यालले स्वागत मन्तव्य राखी सुरु भएको सभामा प्रमुख अतिथि नेपालले संस्थाले गरेको विभिन्न रचनात्मक कार्य तथा वार्षिक प्रतिवेदनको प्रसंशा गर्दै वर्तमान समयमा सेयर सदस्य चनाखो भई आप्mनो सहकारीको कारोबार नियमित बुझ्ने तथा आ–आफ्नो क्षेत्रबाट सबैले रचनात्मक सहयोग गर्नुपर्ने भनाइ राखेका थिए । 
    कार्यक्रममा असल कारोबार गर्ने सदस्य, बाल बचत कर्ता सदस्य, जेष्ठ सदस्यलगायत विभिन्न परीक्षा उत्तीर्ण हुने शेयरसदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । 


    सभाले आगामी ४ वर्षको लागि लालप्रसाद बस्यालको अध्यक्षतामा लोकनाथ पाण्डे उपाध्यक्ष, मित्रहरि आचार्य सचिव, हेमन्त कंडेल कोषाध्यक्ष तथा खुमानन्द गौतम, ज्ञानप्रसाद पौडेल, कृष्णप्रसाद पाण्डे, गोविन्दराज पराजुली, कृष्णप्रसाद भण्डारी, बसुन्धरा पन्थी र निर्मला भट्टराई न्यौपाने सदस्य रहेको ११ सदस्यीय सञ्चालक समिति तथा सुरेश भट्टराईको संयोजकत्वमा विष्णु अधिकारी र शिशिर बञ्जाडे सदस्य रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij