२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

टेन प्लास्टले विपत प्रभावितलाई आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने

टेन प्लास्टले विपत प्रभावितलाई आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने

टेन प्लास्टले विपत प्रभावितलाई आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने

टेन प्लास्टले विपत प्रभावितलाई आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने

टेन प्लास्टले विपत प्रभावितलाई आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • बुटवल । नवलपरासीको रामग्राम नगरपालिकामा हालै सञ्चालनमा आएको टेन प्लास्ट उद्योगले बाढी पहिरोको विपदबाट प्रभावित नागरिकलाई आफ्ना उत्पादन खरिदमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । 


    असोज ११ देखि १३ गतेसम्म परेको भारी वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित नागरिकलाई घर लगायत भवन निर्माणमा आवश्यक पर्ने सीपीभीसी तथा युपीभीसी पाइप र फिटिङ्सका सामान खरिदमा कम्पनीले तोकेको अधिकतम मूल्यमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । 

    Ten Plast Letterhead (1) (1).pdf :To download file click here


    टेन प्लाष्ट इण्डस्ट्रिज प्रालिका अध्यक्ष धिरज अग्रवालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोको विपद्बाट प्रभावित परिवारहरुको घर पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुटको घोषणा गरेको बताए । विपद प्रभावितलाई व्यक्तिहरुले आगामी पुस मसान्तसम्म स्थानीय प्रशासनबाट प्रमाणित पत्र देखाएमा पसलबाट ५० प्रतिशत छुट प्राप्त गर्नसक्ने अध्यक्ष अग्रवालले बताए । 
    यो छुट सुविधा २०८१ चैत मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । 


    ‘एमआरपी मूल्यमा ५० प्रतिशत छुटमार्फत सहयोगको यो पहलले बाढी पहिरो प्रभावित समुदायलाई पुनर्निर्माणमा मद्दत पुग्ने कम्पनीको विश्वास छ’–विज्ञप्तिमा उल्लेख छ–‘कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै भविष्यमा पनि यस्ता अभियानलाई निरन्तरता दिने छ ।’ टेन प्लाष्ट उद्योग एक अर्ब लगानीमा हालै मात्र सञ्चालनमा आएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij