बुटवल । ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ रुपन्देहीले आफ्ना सदस्य व्यवसायीको उद्योगका कामदारको मृत्यु भएपछि परिवारलाई ४० हजार रुपैयां राहत रकम प्रदान गरेको छ । देवदह १० चरङ्गे स्थित राना ग्रील उद्योगमा कार्यरत सागर गाहा मगरको मृत्यु भएको र उनको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले व्यवसायीबाट चन्दा संकलन गरेर मृतकको आमा डेमिसरा राना गाहालाई घरमै पुगेर राहत रकम प्रदान गरिएको हो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष बुद्धिप्रसाद गुरुङ, पुर्व अध्यक्षहरु दिल बहादुर राना, तुल बहादुर सारु, प्रथम उपाध्यक्ष टोलराज डम्बरपाल, तृतीय उपाध्यक्ष मिना थापा तुलाधर कार्यसमिति सदस्य सुरज राना, बुटवल नगर संयोजक नारायण प्रसाद नेपाल, व्यवसायी मान बहादुर रानाले संघको आर्थिक सहयोगले मृतकको परिवारलाई थोरै भएपनि राहत पुग्ने धारणा राखे । संघको यो काम निकै सराहनीय रहेको उनीहरुको भनाई थियो ।




