२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उपभोक्तालाई सीमापारि जान कसरी रोक्ने ?

उपभोक्तालाई सीमापारि जान कसरी रोक्ने ?

उपभोक्तालाई सीमापारि जान कसरी रोक्ने ?

उपभोक्तालाई सीमापारि जान कसरी रोक्ने ?

उपभोक्तालाई सीमापारि जान कसरी रोक्ने ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • दसैँ आयो, नेपाली बजारमा राम्रो व्यापार भइरहेको छैन । सीमावर्ती भारतीय बजारमा भने नेपाली उपभोक्ताको भीड छ । चिनी, मरमसलादेखि लत्ताकपडासम्म किनमेल गर्न नेपाली उपभोक्ता भारतीय सीमावर्ती बजार गइरहेका छन् । खुला सीमाले नेपाली उपभोक्ता भारतीय बजारसँग सहज पहुँच छ । यसको मारमा नेपाली व्यवसायी पर्दै आएका छन् । यति मात्रै नभई राज्य संयन्त्रले चोरी तस्करी नियन्त्रण गर्न ध्यान दिइरहेको छैन ।  भन्सार प्रशासनलाई चुस्त बनाउन सरकारको चासो छैन ।


    खुला सीमा छ, खुला सीमा र दुई देशका नागरिक सहजै आवतजावत गर्न मिल्ने व्यवस्था भएकाले पनि सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ता किनमेल गर्न सहज छ । नेपाली उपभोक्ता सीमापारिका बजारमा नजाने बानी विकास गर्न यहाँका पसलले कतिपय सामान तथा वस्तुकोे खरिदमा सहुलियत दिनसक्छन्, यहाँ पाइने सामान र उता किन्ने सामानको गुणस्तरमा पनि फरक छ भन्ने बुझाउन सक्छन्, तर त्यतातिर उपभोक्ताको ध्यान गएको पाइदैन । रूपन्देहीसहितका तराईका जिल्लाका बासिन्दा मात्रै नभएर पाल्पा, गुल्मी जस्ता पहाडी जिल्लाका बासिन्दा बजार गर्न सुनौलीलगायतका भारतीय बजार जाने प्रवृत्ति छ । यसरी दैनिक उपभोग्य बस्तु किन्न लामो दुरी तय गर्दा सुरक्षाको जोखिम छ । हाम्रो यातायात प्रणाली भरपर्दो नभइरहेको र सीमा अपराधको जालोमा नेपाली उपभोक्ता पर्ने जोखिम उत्तिकै छ । यी जोखिमबारे उपभोक्ता सचेतना जगाउन तहगत सरकारले चासो दिन आवश्यक छ । स्थानीय तहले उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थासँग मिलेर सचेतना अभियान जगाउन सक्छन् ।


    भारतीय बजारमा पाइने वस्तुको त्यहाँको दररेट र यहाँको दररेट प्रष्ट उल्लेख गरेर मूल्यसूचीबारे बुझाउने, त्यहाँ जान र आउन लाग्ने यातायात खर्च, समय व्यवस्थापन जस्ता विषयमा पनि जानकारी गराउन सक्दा नेपाली बजारमै रोक्न सकिन्छ । अझ सीमा पारि गएर सामान खरिद  गर्नेलाई भन्सार विन्दुमा कडाइ हुनुपर्छ । खुला सीमा भएकाले चोरी तस्करी भइरहेको र राज्य संयन्त्र नियन्त्रण गर्न ध्यान नदिएको बेला नेपाली उपभोक्ताले भन्सार प्रशासनलाई खुला चुनौती दिइरहेका छन् । राज्यसंयन्त्रको प्रभावकारी परिचालनबाट चोरी तस्करी नियन्त्रण गर्न सकिन्छ ।
    नेपाली उपभोक्तालाई यतै रोक्नका लागि सिंगो राज्य संयन्त्रको परिचालन आवश्यक छ नै, मूलतः उपभोक्ताको मनोविज्ञान पनि बदलिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij