भैरहवा । रोजगारीको शिलशिलामा अभिभावक गुमाएका १४ विद्यार्थीहरुलाई फयुचर लाइट हाइ स्कुलले पूर्ण छात्रवृति सहित शिक्षा प्रदान गरिरहेको छ । रुपन्देहीको मायादेवी ८ मा अवस्थित स्कुलले अध्ययनरत १४ जना विद्यार्थीहरुलाई जनप्रतिनिधिको उपस्थितीमा पाचौँ वर्ष पूर्ण छात्रवृति प्रदान गरेको हो ।
अभिभावक रोजगारकिो शिलशिलामा देश बाहिर वा नेपाला ज्यान गुमाए पछि पनि विद्यालयले अभिभावकत्व लिनु पर्छ भन्दै त्यस्ता १४ जना विद्यार्थीलाई माइग्रेन्ट स्कलर्शसीप (पूर्ण छात्रवृति) सहित शैक्षिक समाग्री प्रदान गरिएको विद्यालयका प्राचार्य गम्भिर गुरुङले बताए । हामीले पहिला सरकारलाई प्रस्ताव गरेका थियौ, पछि आफैबाट सुरु गर्नुपर्छ भनेर विद्यालयबाट सुरु गरेको उनले भने ।
बालबालिकाको पालन पोषण र परिवार पाल्ने बाध्यताले नेपालीहरु बाहिरी गएका छन, परिवारको खुशीका लागि पसिना बगाउन बाहिरीएका नेपाली कुनै कारणले देश नफर्किएको अवस्थामा त्यस्ता परिवारका बालबालिका पढाईबाट बञ्चित नहोस भन्नका लागि पूर्ण छात्रवृति प्रदान गरिएको विद्यालयका संचालक सन्ध्या गुरुङले बताइन ।
चैत्रमा आवेदन खोलेर वर्षभरिको विद्यालय शुल्क, परिक्षा शु्ल्क र त्यसमा लाग्ने शैक्षिक सामाग्रीहरु हामीले निशुल्क रुपमा प्रदान गर्छौ । माइग्रेन्ट हाम्रौ ६ जना परिवारले समाजमा केही गर्नुपर्छ भन्दै ५ वर्ष देखि हामीले डिबी फाउण्डेशन मार्फत यो काम गरिरहेका छौ । पहिलो वर्ष हामीले ६ जना विद्यार्थीबाट सुरुवात गरिएको यो छात्रवृति अहिले १४ जनालाई प्रदान गरेका र निरन्तर गरिने उनले भनिन् ।
रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका, अंगभंग भएका र अशक्त बिरामी भएर फर्किएका श्रमिकका सन्तानलाइ विद्यालयले छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाम्रो परिवार पनि माइगे्रन्ट भएकोले पृतलाई सम्झिनका लागि केही सम्मान गर्नुपर्छ भनेर वार्षिक कार्यक्रमको योजना नै बनाएको प्राचार्य गुरुङले भने । अहिले हामी दोस्रो पुस्ताले पृतलाई सम्झिदै यो कार्य गरेका छौ, सामाजिक क्षेत्रमा पनि केही योगदान हुनुपर्छ भनेर पनि तेस्रो पुस्ताले पनि यसलाई पुस्तान्तरण गर्दै निरनतरता दिएको प्राचार्य गुरुङले भने ।
मायादेवी गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष चोक बहादुर थापाले यस्तो सराहनिय काम सरकारी स्तरबाट हुनुपर्नेमा निजी क्षेत्रबाट उच्च विचारका साथ भइरहेको बताए । शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने सोच र उच्च सम्मानका साथ यो कार्यक्रम विगतबाटै गरेकोमा यस्तो उत्कृष्ट कार्य निरन्तर गर्न आग्रह गरे ।
विद्यालयले यस वर्ष दशैको अवसरमा छात्रवृति प्रदान गरेको छ । १४ विद्यार्थीलाई करिब ४ लाख ७० हजार बढिको छात्रवृति प्रदान गरिएको छ भने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री व्याग र स्टेशनरी पनि उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।




