२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साना विद्यार्थी गुनासो लिएर मेयरकहाँ पुगेपछि...

साना विद्यार्थी गुनासो लिएर मेयरकहाँ पुगेपछि...

साना विद्यार्थी गुनासो लिएर मेयरकहाँ पुगेपछि...

साना विद्यार्थी गुनासो लिएर मेयरकहाँ पुगेपछि...

साना विद्यार्थी गुनासो लिएर मेयरकहाँ पुगेपछि...
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • भैरहवा । प्राय नगर तथा स्थानीयको समस्या लिएर राजनैतिक, सामाजिक संस्था तथा युवाहरु आउने गर्छन । स्थानीयहरु सरोकारवाला निकायसँग जान हिच्किचाउने भएकोले नै प्राय समूह मार्फत समस्या समाधानका लागि आउने गरेपनि मंगलबार सिद्धार्थनगर नगरपालिकामा २ जना स–साना बालक बाटोको समस्या लिएर  ज्ञापन पत्र नै बुझाए । 

    साहसका साथ सबैको समस्या हाम्रो पनि समस्या रहेको भन्दै सिद्धार्थनगर नगरपालीका बडा नं २ का कक्षा ५ र ८ मा पढ्ने अनिल गुुप्ता र राजिव गुुप्ताले नगरप्रमुख ईस्तियाक अहमद खाँलाई न हिच्किचाई आफ्ना समस्या राखी समाधानको पहल गर्न अनुरोध गरे । 

    मेउडीहवा जिसी पथमा कुलोको पानीका कारण करिव ३ सय मिटर क्षेत्रको बाटोमा आवतजावतमा समस्या भएको र उक्त क्षेत्र मर्मत गरीदिन आग्रह गगर्न उनीहरु २ जना भएर नगरपालिका आएका थिए । 

    मेयर खाँलेउनीहरुको समस्या लिएर भेट्न आएका विद्यार्थीलाई सम्मान गर्दै उनिहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिए । कार्यकक्षमा गुनासो लिएर आएका उनिहरुको समस्या तत्काल सम्वोधन गर्न सम्बन्धित शाखालाई निर्देशन दिदै मेयर खानले बिद्यार्थीहरु भविश्यका कर्णाधार भएको उल्लेख गर्दै सानै उमेर देखी समाज सेवाको भाव आउनुु, आफ्ना समास्या सरोकारवालासग राख्न सक्नुु अझ सकारात्मक भएको उल्लेख गरे ।

    विद्यार्थीलाई सकारात्मक उर्जा प्रदान गर्ने एवंम उनिहरुमा समाज सेवाको भावनालाई अझ बिकास गराउने उदेश्यले गुुनासो लिएर आएका बिद्यार्थीहरुलाई सम्मान गरीएको मेयर खानले बताए । उनले हरेक नगरवासीका समस्या प्रति नगरपालीका सम्वेदनसिल हुन जरुरी रहेको बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij