२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते

गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते

गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते

गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते

गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • नवलपरासी । नवलपुरको कावासोतीमा गैडासँग मोटरसाइकल ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् । 

    पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैडासँग ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । 

    दुर्घटनामा दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा ७ निवासी ३० बर्षीय प्रदीप न्यौपाने र ३५ बर्षीय कृष्ण दहाल घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ । 

    घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । गैडा भने जंगलतर्फ पसेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij