२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी केबलकार दशैं टिकाको दिन पनि खुल्ने

लुम्बिनी केबलकार दशैं टिकाको दिन पनि खुल्ने

लुम्बिनी केबलकार दशैं टिकाको दिन पनि खुल्ने

लुम्बिनी केबलकार दशैं टिकाको दिन पनि खुल्ने

लुम्बिनी केबलकार दशैं टिकाको दिन पनि खुल्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • बुटवल । बुटवलको लुम्बिनी केबलकार दशैंको टिकाको दिन पनि खुल्ने भएको छ । हिन्दु नेपालीहरुको प्रमुख चाड बडा दशैंमा केबलकार यात्रा र कामाख्या देवी मन्दिर दर्शन गर्न चाहने भक्तजन र पर्यटकको सुविधालाई मध्यनजर गरी दशैंको टिकाको दिन समेत केबलकार सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

    ‘दशैंको टिकाको दिन सहित दशैं विदा भरि सबै दिन केबलकार सञ्चालन हुन्छ’–केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैंजूले भने ।

    बडा दशैंको नवरात्रका अवसरमा बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजा हुंदै आएको दुर्गा माताको मन्दिरमा समेत भक्तजनको आकर्षण रहेको लुम्बिनी केबलकार लि. ले जनाएको छ ।

    चाडपर्वमा लुम्बिनी केबलकारको रोमाञ्चक यात्रा मार्फत ऐतिहासिक एवं धार्मिक स्थल बसन्तपुरमा पुगेर स्वच्छ, शान्त र रमणीय वातावरणमा घुमफिर गरी दशैं विदाको आनन्द लिन सबैमा कम्पनीले आग्रह गरेको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij