२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी शिक्षा निकेतनमा विज्ञान प्रयोगशालाबाट पठनपाठन

लुम्बिनी शिक्षा निकेतनमा विज्ञान प्रयोगशालाबाट पठनपाठन

लुम्बिनी शिक्षा निकेतनमा विज्ञान प्रयोगशालाबाट पठनपाठन

लुम्बिनी शिक्षा निकेतनमा विज्ञान प्रयोगशालाबाट पठनपाठन

लुम्बिनी शिक्षा निकेतनमा विज्ञान प्रयोगशालाबाट पठनपाठन
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • भैरहवा । रुपन्देहीको लुम्बिनी क्षेत्रमा अवस्थित लुम्बिनी शिक्षा निकेतनले विज्ञान ल्याब (प्रयोगशाला) स्थापना गरेको छ । सौधान्तिक शिक्षा भन्दा प्रयोगात्मक शिक्षा नै प्रभावकारी हुने भएपछि विद्यालयले लुम्बिनी क्षेत्रमै पहिलो पटक विज्ञान ल्याब (प्रयोगशाला) बाट अध्यापन सुरु गरेको हो । 

    २०६३ सालमा स्थापित विद्यालय लुम्बिनी क्षेत्रबाट उत्कृष्ट नतिजा ल्याउदै आएको छ । कक्षा १० सम्म शिक्षा प्रदान गरिरहेको संस्थाले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिदै ल्याबको थालनी गरेको छ । हालै मात्र पुस्तकालय संचालनमा ल्याएकाे स्कुलले कक्षा ८, ९ र १० का विद्यार्थीलाई मध्यनजर गर्दे बिज्ञान विषयको शैद्धान्तिकसँगै ब्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित प्रयोगशाला स्थापना गरेको हो । 

    भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान र गणितको सिकाई सौधान्तिक र प्रयोगात्मक सँगसँगै गर्ने गरि ल्याब संचालनमा ल्याएको विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले बताए । उनले ल्याबको अभ्यासले शिक्षण सिकाई सहज हुने र शिक्षामा पनि धेरै सुधार आउने बताए । विज्ञानमा प्रयोगत्मक शिक्षा नै महत्वपर्ण भएकोले प्राथमिकताका साथ विद्यालयले ल्याब संचालनमा ल्याईएको न्यौपानेले बताए । 

    विज्ञान शिक्षक तथा ल्याब इन्चार्ज दिलीप कुमार कोहारको नेतृत्वमा प्रयोगात्मक सिकाईको अभ्यास गरिने छ । ल्याव स्थापना पश्चात बालबालिकाको शिक्षाको गुणस्तरमा थप सुधार हुन्छ भने पढाईसँगै यसको नतिजा आफै अनुभव गर्ने भएकोले शैक्षिक सिकाईमा ठूलो उपलब्धि हासिल हुने अपेक्षा विद्यालयको रहेको छ । 

    प्रयोगशालाको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ज्ञवालीले ल्याबको अधिकतम प्रयोग गरि शैक्षिक सुधारका साथै नयाँ नयाँ खोजमा केन्द्रित हुन विद्यार्थीहरुलाई आग्रह गरे । विज्ञान विषयमा पढाउने र प्रश्नोत्तर गराउने भन्दा अभ्यासमा आधारित रहेर पठनपाठन गराउदा शैक्षिक उपलब्धि धेरै हुने भएपछि स्कुलले प्राथमिकताका साथ ल्याब निर्माण गरि संचालनमा ल्याएको अध्यक्ष ज्ञवालीले भने । यहाँको शैक्षिक पद्धतिमा सबैभन्दा बढी गुनासो पढाइ सैद्धान्तिक भयो भनेर आउने हुदा त्यसलाई चिर्नका लागि प्रयोगात्मक पढाईमा पनि जोड दिएको उनले भने । 

    विद्यालयका संचालहरुले शिक्षाको गुणस्तर सुधारका लागि आवश्यकता अनुसारको भौतिक पूर्वाधार र प्रविधिसँग अपडेट हुनु पर्छ, विद्यार्थीको सिकाइ समाजले पनि मुल्यांकन गरिरहेकोले विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञानमा ध्यान दिनु पर्ने बताए ।

    पठनविधिलाई प्रभावकारी र व्यावहारिक बनाउन प्रयोगत्मक अभ्यास निरन्तर गराइने छ । जसले विद्यार्थीहरूले पढेका कुनै पनि विषय सहज ग्रहण र स्मरण गर्न सक्ने प्राचार्य जोखन प्रसाद यादवले भने । शिक्षक,अभिभावक र विद्यार्थी त्रिपक्षले गरेको मिहेनतको कारण उत्कृष्ट नतिजा आउने बताउदै विद्यालयबाट प्रदान गर्ने शिक्षामा ल्याबले ठूलो सहयोग गर्नेछ । 

    हामीले पढाईमा मात्रै होइन, विद्यार्थीको रुचिअनुसार खेल, साहित्य, कला, मनोरञ्जन क्षेत्रमा समेत प्रेरित गर्न सोहीअनुरूप अनुकूल वातावरण तयार गर्ने काम विद्यालयले गरेको छ । विज्ञान प्रयोगशाला सामग्रीले विद्यार्थीको शिक्षण सिकाईमा सुधार ल्याउने छ । 

    २०७१ सालबाट एसएलसीमा सहभागी गराउदै आएको विद्यालयले शैक्षिक सत्र २०८० मा ४६ जनालाई सहभागी गराई यसक्षेत्रकै उत्कृष्ट नतिजा ल्याएको थियो । विगतमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयबाट थुप्रै विद्यार्थीले समाजमा योग्दान गरिरहेका छन । विद्यालयले निकट भविष्यमा कक्षा ११ र १२ संचालन गर्ने योजना बनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij