२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकाशा, सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकाशा, सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकाशा, सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकाशा, सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकाशा,  सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • भैरहवा । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दसैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण विगतमा गरेपनि यस वर्ष सुकिला नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले सफा सुकिला नोटहरू पछिल्लो समय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै गएकाले यसलाई दसैंमा प्रयोग गरौं भनेर यसपटक यस्तो निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभागले तोकेको मापदण्ड अनुसार सर्वसाधरणका लागि असोज १३ गतेदेखि २२ गते सम्म नोट वितरण गरेकोे हो । प्रत्येक वर्ष दसैंमा सटही हुने गरेको नोटभन्दा दुई गुणा बढी सफा नोट स्टकमा रहेका कारणले त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस वर्ष थुप्रिएको सफा नोटलाई व्यवस्थापन गर्न र नयाँ नोटमा खर्च नगर्न सफा नोट व्यवस्थापन नीति लिएको हो । 

    सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्ला मध्ये रुपन्देहीमा राष्ट्र बैक स्वयमले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको मार्फत नोट वितरण गरेको नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीले बताए ।

    अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्त, पूवी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंक मार्फत ८३ करोड नोट पठाइएको छ । बैकले बैक तथा वित्तिय संस्थालाई १ अर्ब खुद्रा नोट पाठाएको छ भने ६ अर्ब ५० करोड ठूला दरकोृ नोट गरि ७ अर्ब ५० करोड नोट यो समयको दौरान पठाएको छ ।

    IMG20241008152102.jpg

    गत वर्ष दशैको समयवधिमा रुपन्देहीमा सरदर दैनिक ७० करोड नोट बाहिरीन्थ्यो भने अहिले दैनिक रुपमा १ अर्ब ४० करोड अर्थात दोब्बर नै नोट बाहिरीएका छन यो भनेको आर्थिक अवस्था पहिला भन्दा चलायमान हुनु हो । यस्तै बाहिरी जिल्ला पाल्पामा गत वर्ष २३ करोड, गुल्मीमा २० करोड बाहिरीन्थ्यो भने यो दर पनि अहिले दोब्बर भएको छ । पहाडी जिल्लामा पनि करिब दोब्बर नै पैसा बैकबाट बाहिरीएको छ । यो तथ्याङले दशैको बेला पैसाको गतिविधी बढेको पाइएको निर्देशक सुवेदीले भने । 

    पैसाको गतिविधी आकलन भन्दा बढेकोले हामीसँग भएको संचितीले नपुग भएपछि यो वर्ष हामीले अन्य शाखाबाट पैसा झिकाउनु पर्ने अवस्था आएको सुवेदीले भने । समग्रमा पहिला भन्दा अहिले पैसा बाहिरीने दर बढि देखिएकोले आर्थिक अवस्था सामान्य देखिने अनुमान राष्ट्र बैंकको छ । 

     नया नोटको सन्दर्भमा हामीले केन्द्रको निर्णय अनुरुप नै सुकिला खुद्रा नोट सर्वसाधरण र बैंक तथा वित्तिय संस्थाहरुको क्षेत्र, ग्राहक संख्या र मागको आधारमा वितरण गरेको बैंकले जनाएको छ । 
    हामीसँग रहेको सुकिला नोटको मौजदातको आधारमा सर्वसाधरण, बैक तथा वित्तिय संस्थाहरुलाई मागे अनुसारकै नोट दिएको उप निर्देशक जिवन प्रकाश पाण्डेले बताए । रुपन्देहीको हकमा सर्वसाधरणका लागि सुकिला नोट सिद्धार्थनगर शाखाबाट ५ वटा काउन्टरबाट वितरण भएको छ ।  करिब ३ हजार ७ सय ५० जनाले सुकिला नोट १० देखि १०० सम्मका साटेका छन यो गत वर्ष भन्दा सख्यात्मक रुपमा आधा हो । नोट सटिने संख्यामा कमि आएपनि गत वर्ष भन्दा यो वर्ष दोब्बर पैसा राष्ट्र बैंकबाट बाहिरीएको छ यो भनेको आर्थिक गतिविधी चलायमान भएको अनुमान बैंकको हो  ।

    गत वर्ष ४० करोड ७१ लाख साना दरका नयाँ नोट वितरण गरिएकोमा यस वर्ष ८३ करोड सुकिला नोट सर्वसाधारण र अन्य जिल्लामा माग अनुसार पठाइएको छ । ५ दरको नोट बाहेक साना दरको सबै नोट मागे अनुरुप नै सर्वसाधरण, वित्तिय संस्था, कार्यालय, उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुलाई वितरण गरिएको उपनिर्देशक पाण्डेले भने ।

    गुल्मी, अर्घाखाची, पाल्पा, परासी, कपिलवस्तु, रोल्पा, प्युठान, पूर्वी नवलपरासी र पूर्वी रुकुममा नोट कोष सुविधा छ, नोट कोष सुविधा भएको बैंकको माग अनुसार नै प्रयाप्तताको आधारमा रकम पठाइएको छ । नोटलाई सुरक्षित तरिकाले उपयोग गर्नपनि राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।  यस्तै संस्था, संगठित कार्यालय र सरकारी कार्यालयहरुको माग र पत्रको आधारमा समेत नोट साट्ने व्यवस्था कार्यालयले गरेको थियो । 

    विगतका वर्षमा घण्टै लाइन बसेर जसो तसो नोट दशै तिहारका लागि साटिन्थयो अहिले नयाँ नोट नभएकोले सर्वसाधरणहरुको संख्यामा भारि गिरावट आयो । पर्वमा नयाँ नोटको छुट्टै महत्व भएकोले साटिने परम्परालाई यस वर्ष राष्ट्र बैंकले नयाँ नोटको सट्टा सफल तथा सुकिला नोटको मात्रै सटही गरेको छ । 

    दसैंलाई लक्षित गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सबै दरका नोट (रु ५, १०, २०, ५० र १००) गरेर प्रतिव्यक्ति साढे १८ हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था राष्ट्र बैंकले मिलाएको थियो । 
    राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नोट सटहीको सुविधा रहेको थियो भने इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij