२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

के बटौलीको श्री ७ मननारायण चक्रव्यूहमा फसेकै हो ?

के बटौलीको श्री ७ मननारायण चक्रव्यूहमा फसेकै हो ?

के बटौलीको श्री ७ मननारायण चक्रव्यूहमा फसेकै हो ?

के बटौलीको श्री ७ मननारायण चक्रव्यूहमा फसेकै हो ?

के बटौलीको श्री ७ मननारायण चक्रव्यूहमा फसेकै हो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१

  • पदम न्यौपाने 


    एउटा बलियो सांस्कृतिक विरासत बनेको एउटा सम्पदा नेपाल अंगे्रज युद्धको ऐतिहासिक साक्षी बुटवल उपमहानगरपालिका वडा न. १ निमचोकस्थित श्री ७ मननारायण मन्दिर पनि हो ।  नेपाल अंग्रेज युद्धका बखत अंग्रेजको २/२ पटकको आक्रमणलाई विफल तुल्याएको एवं नेपाल र नेपालीको राष्ट्रियता र स्वाधीनता स्थापित गरेको बटौलीको बटौलीगढी (जितगढी) किल्लाकै आधार क्षेत्रमा रहेको यो मन्दिर र यसको निरन्तर सञ्चालन र व्यवस्थापनका लागि राखिएको गुठी जग्गा प्रति गुठी संस्थान र गुठीयार दुवैको उदासिनताले यो मन्दिरको अवस्था नाजुक बन्दै गएको देखिन्छ । 


    तत्कालीन अमरसिंह थापा पाल्पाको तैनाथवाला रहेका अवस्थामा बटौलीमा मन्दिरको स्थापना गरी मनीराज फौजदारद्धारा एक सय बैसठ्ठी विघा जमिन बुटवलवाट दक्षिणमा पर्ने विनायकपुरमा गुठी जग्गाको व्यवस्था गरेको उपलव्ध लालमोहरमा उल्लेख छ ।  मन्दिर परिसरमा रहेको शिलालेखमा समेत सो कुरा उल्लेख गरिएकोछ । मनिराज फौजदार काठमाण्डौवाट पाल्पा गएको देखिन्छ । उनी व्यापारका शिलशिलामा पाल्पा गए वा अमरसिंह थापासँग सैनिक जागीरका शिलशिलामा पाल्पा गए भन्ने पक्षमा भिन्न भिन्न मत रहेपनि उनी नेपाल अंग्रेज युद्धका समयमा कणर्ेल उजिरसिंहका नागरिकका तर्फवाट सारथीको भूमिकामा थिए भन्नेमा भने अधिकाशं लेखक वा अध्येताहरुको मत देखिन्छ । उनै मनीराजले पाल्पाको अमर नारायण मन्दिर भन्दा अगावै सो मन्दिर स्थापना गरी भविष्यमा यसको निरन्तता होस भनेर प्रशस्त जग्गा र सम्पती गुठीको नाममा राखिदिएका थिए । 


    यहाँ अव एकैछिन मनीराजको वारेमा खुलेर नलेखिएको तर यदाकदा सामान्य चर्चामा सिमित गरिएको इतिहास वारे समान्य चर्चा गरौं—आशा एवं विश्वास छ, उनको योगदानका भित्रि पक्षहरुका वारेमा चर्चा हुँदै जानेछन् । तत्कालीन राज्यको संरक्षणकालागि उनको भूमिका के थियो भन्ने सन्दर्भमा गहन खोजी गर्ने कार्यमा उनका सन्ततीले चासो देखाउनु पुर्खाको सम्मान हुने थियो ।  भनिन्छ, मनीराजद्धारा बटौलीमा बसेर व्यापारका साथै सेनाकालागि आवश्यक रसदपानीको व्यवस्था मिलाउने, बटौली बजारको सुरक्षा व्यवस्था र नेपाली सेनाका लागि पाल्पा गौंडाका प्रशासक एवं काठमाण्डौका प्रशासकहरुलाई सुचना उपलव्ध गराउने मात्र होइन भारतको सिमासम्म नेपाली सूचना संयन्त्र निर्माण गरी प्रभावकारी र प्रभावशाली कार्य गरेको देखिन्छ । सायद यसै कारण पनि हुन सक्छ अंग्रेजहरुले तत्कालीन अवस्थामा मनीराज(मणिराज)लाई सुपुर्दगी गर्न अनुरोध गरेका कारणले मान्न सकिन्छ उनी चानचुने मानिस भने थिएनन् । तर दुर्भाग्य यस्ता व्यक्तित्वको बारेमा इतिहासका अध्येता र जानकारहरुले खुलेर इतिहास लेखेको देखिदैन् । इतिहास युद्धमा लड्नेहरुको मात्र होइन् पृष्ठभागमा रहेर लडाई जित्न मद्दत गर्ने सर्वसाधारणा एवं रणनीतिकारहरुको पनि हुन्छ र लेखिनु पर्छ । यो लेखिनुको उद्देश्य पनि जान्नेहरु र इतिहास लेख्नेहरुको ध्यानाकर्षणका लागि पनि हो । 


    अव चर्चा गरौं, उनै मणीराजले स्थापना गरेको मन्दिर र मन्दिरको नाउमा रहेको करोडौंको मुल्य भएको गुठी जग्गाको व्यवस्थापन कसरी भैरहेकोछ भन्ने सन्दर्भमा । सम्वत १९९१ सालको श्री ५ को सरकार तर्फ गुठी जगतजाँच अड्डाले प्रमाणित गरेको मननारायण गुठीको आम्दानी खर्चको लगतमा उल्ल्ोख भए अनुसार १८६९ साल बैशाख ८ रोज १ मा लालमोहर गरी निम्न चार किल्लामा गुठी राखेको देखिन्छ । 


    लालमोहरमा उल्लेख भए अनुरुप विनायकपुर क्षेत्रमा गुठी जग्गाको चौकिल्ला निर्धारण गर्दा सो चौकिल्ला भित्र हिरालाल अधिकारीको  रैकर जग्गा परेको भनि उजुरी गरेको र फेरी टंकनाथ पाध्याले पनि उजुरी गरेकोले ७८ सालको नापीले नापजाँच गर्दा सडक गौचर जंगल वाहेक आवादी जग्गा १३९.९४ विगाह, घरवास भएको विगाह ३.२ गरी १४२ .२०४ विगाह ठहरेको तर उजुरी वालाहरुको जग्गा गुठीवाट हटाइ १३९.३४ विघा मात्र कायम गरी मन्दिरको नाउमा गुठी कायम गरिएको थियो । सोही लालमोहरमा तोकिएको जग्गावाट वार्षिक आउने १० हजार पाँचसय ३४ रुपैयावाट मन्दिरको दैनिक पूजाआजा,आरती, मर्मत संभार जस्ता कार्यगर्ने गरी आम्दानीको विभाजन गरी सञ्चालन गर्ने भन्ने उल्लेख गरेको देखिन्छ । सो समयमा गुठी जग्गामा १९ जनाले रेखदेख गर्ने र तिरो तिर्ने भन्ने समेत व्यवस्था गरिएको थियो । १९९० को सो लालमोहर पुरानो १८६९को लालमोहर र १९६४का शिलापत्रलाइ भिडाएर तयारपारिएको स्पष्टिकरण समेत उल्लेख गरिएकोछ । 


    लामो इतिहास रहेको र एउटा विशिष्ट व्यक्तित्वले संस्थापना गरेको सो गुठी जग्गा र मन्दिरको नाममा राखिएका गरगहना सहितको कराडौका चल अचल सम्पतीका सन्दर्भमा हाल सम्म पनि स्पष्टता नदेखिनु , सम्पतिको व्यवस्थापनमा पारदर्शिता नदेखिनु, मन्दिरको महत्व र गरिमाप्रति सचेतता नदेखिनु र यति पुरानो गुठी र मन्दिरका वारेमा बुटवलमा चर्चा र चासो नै नराखिनु मात्र होइन हरेक स्थानमा राजगुठी कायम भएका मन्दिर सञ्चालन र व्यवस्थापनका लागि व्यवस्थापन गठन गरिदा पनि यहाँ त्यस तर्फ अग्रसर नहुनुले आफैमा सन्देहपूणर् छ भन्न सकिने आधारहरु तयार पार्दै गएको देखिन्छ । 


    गुठी जग्गाहरुको सम्पती व्यवस्थापन गर्ने, अद्यावधि राख्ने, सो मन्दिरसंग गासिएका संस्कार संस्कृति र परम्पराको निरन्तताकालागि गुठी संस्थान गठन गरिएको हो । संस्थानले अधिकाशं गुठीलाइ राजगुठीमा परिणत गरि त्यसवाट आउने आयलाइ आफूमातहत ल्याउने र सो को केही अंश मन्दिर व्यवस्थापनलाइ मद्दत गर्दै आएको बताउने गर्दछ । तर यो मन्दिरको अवस्था र गुठी जग्गाको व्यवस्थापनका पक्षमा हेर्दा गुठी संस्थान चुकेको देखिन्छ । 


    मननारायण मन्दिरको गुठी जग्गानै कति हो ? यसको कुल सम्पति कति हो र मन्दिरको अवस्था कस्तो छ ? भन्नेवारेमा गुठी संस्थान आफै अन्योलमा रहेको यसले समय समयमा  गरिएका परिपत्र र टिप्पणीहरु हेर्दा सो देखिन्छ । हुन त यस सन्दर्भमा गुठीका संस्थापकका सन्ततीका हिसावले दावी गरेर गुठीयारको रुपमा नियुक्ति लिदै आएका गुठीयारले समेत सम्पति संरक्षण र व्यवस्थापनमा कुनै चासो दिएको देखिदैन । 


    विक्रम सम्वत २०६३ भदौ १ गते संस्थानले मालपोत कार्यालय बुटवललाई गुठीयारले जग्गाको मालपोत उठाउन पाउने व्यवस्थाका लागि गरिएको अनुरोधका वारेमा पत्र लेखी गुठीयारद्धारा कति जग्गा हो सो जग्गाको लगत पेश नगरी माग गरिएकोले जग्गाको कुल क्षेत्रफल सहित जग्गाको अवस्थावारे स्पष्ट उल्लेख गर्न भनिएको थियो । तर गुठी संस्थानमा रहेको दस्तावेजमा समेत कति जग्गा र सम्पती हो,यकिन देखिदैन् । 


    त्यसैगरी २०६३ साल फागुन १७ गतेको संस्थानको मालपोत कार्यालय रुपन्देहीलाई पत्र लेखी गुठी जग्गाको व्यवस्थापन रेखदेख र मन्दिरको नित्य पूजा आदिका लागि ५ वर्षका लागि गुठीयारलाई जिम्मा दिने, जग्गावाट आउने आम्दानीको रकम मन्दिर सञ्चालनका लागि उपलव्ध गराउने, गुठी जग्गाको नापजाँच र क्षेत्रफल एकिन गर्ने, छुट जग्गा भए नापजाँच गर्ने, मन्दिर जिणर्ोदार, रेखदेख र व्यवस्थित कसरी गर्न सकिन्छ भन्नेवारे सुझाव दिने र देवस्थल सञ्चालन सम्बन्धमा स्थानीयस्तरमा गुठी सञ्चालनका लागि व्यवस्थापन समिति गठन गर्ने र सो वारे नगरपालिका लगायतसँग छलफल गर्ने भनि लेखिएको भएपनि हाल सम्म व्यवस्थापन समिति गठन गरी सम्पति जगेर्ना गर्नेवारे केही पहल भएको देखिदैन् । व्यवस्थापन समिति गठन सन्दर्भमा पहल गरिदा गुठीमा राजनीति हुने हुनाले व्यवस्थापन समिति गठन नगर्ने पक्षमा गुठीयारहरु रहेको स्थानीयहरु वताउँछन् ।  यसवाट पनि सन्देह उत्पन्न हुन्छ की संस्थानको सकृयता नदेखिनु र सम्पतिको संरक्षण गर्ने नसक्नेलाई गुथीयार कायम राखिराख्नु र कायम रहन चाहानु भित्रको रहस्य खोजी हुनु पर्दछ भन्नेमा धारणा बन्दै गएको देखिन्छ । 
    सायद यसै कारणले पनि हुन सक्छ गुठी संस्थानले केही समय यता आएर सम्पतीको वारेमा खोजी गर्न थालेको पाइन्छ । संस्थानले २०८० साल चैत २५ मा मालपोत कार्यालय बुटवल र भैरहवालाई पत्र पठाइ श्री ७ मननारायण गुठीको गुठी रैतान नम्वरी, गुठी अधिनस्थ र गुठी र तैनाथी जग्गाको विवरण जग्गाको प्रकृति अनुरुप नगरपालिका, गापा, वडा नं. र कित्ता नम्वर सहित विवरण उपलव्ध गराउन पत्र थियो । मालपोत कार्यालयवाट कुनै जवाफ प्राप्त नभए पश्चात संस्थानले पुन मिति २०८१ साल असार ७ मा पठाइएको जनाएको छ । यसैगरी,मिति २०८१ श्रावणमा गुठीयारलाई समेत कुन कुन स्थानमा मन्दिरको नाममा के कति जग्गाहरु थिए, र हाल ती जग्गाहरु के कस्तो अवस्थामा रहेका छन् ? जग्गाको कित्ता नम्वर र क्षेत्रफलका साथै अन्य चल अचल सम्पतीहरुको विवरण उपलव्ध गराउन पत्र लेखेको जनाएको छ तर हालसम्म कुनै विवरण उपलव्ध भएको देखिदैन् । 


    मननारायण गुठीको विनायकपुरमा रहेको गुठी जग्गाको क्षेत्रफलमा समेत गुठी संस्थान आफैमा अन्योल भएको उसैको समय समयका टिप्पणी र पत्रहरुवाट प्रष्टिन्छ । २०६३ साल माघ ८ मा गुठीवाटै उठेको एक टिप्पणीमा १६६ विघा कुल क्षेत्रफल मध्ये ११३ विघाको मात्र मालपोत  लगत कायम देखिएको ले वाँकी जग्गा खोजी गरी संरक्षण गर्न जरुरी देखिएको भन्ने उल्लेख छ भने गुठी संस्थानकै मिति २०७५ जेठ २१ को मालपोत कार्यालय बुटवललाइ लेखेको मोही रकम यकिन गर्ने वारेको पत्रमा  साविक विनायकपुर (सेमलार) मा रहेको १४५ १५ २ ४ क्ष्ोत्रफल वाट उठ्ने मालपोत रकम कती  हुन आउँछ खुलाइ पठाउनु भन्ने उल्लेख छ । यसवाट प्रष्ट हुन्छ गुठी संस्थानले आफूले आफ्नै मातहत ल्याई मालपोत उठाउदै आएको भएपनि मालपोत उठाउनु बाहेक  जग्गाको संरक्षण र अद्यावधिक गर्ने कार्य गरेको देखिदैन् ।


    यसैगरी ०७५ साल जेठ १ गते मालपोत कार्यालयको नेतृत्वमा बसेको गुठीयार, वडा प्रतिनिधि एवं मन्दिर सम्वद्धहरुको भेलावाट  मन्दिरको सम्पती, जग्गा जमिन, अन्य आम्दानी के कस्तो छ भन्नेवारे संस्थानवाट सोधनी भएको भनि वैठक बसेर सरजमिन गरिएको भनिएको भएपनि सो सरजमिन पत्रमा त्यसको सम्पती यकिन नगरी आम्दानीको मात्र चासो राखेको र गुठीयारको पक्षमा मात्र छलफल भएको देखिन्छ । यसवाट गुठीयार लगायत सम्वद्धबाट सम्पतीको संरक्षण वारे गहनता प्रदर्शन गरेको पाइदैन् । 


    जग्गाको मालपोत उठाउने सन्दर्भमा मात्र केन्द्रित रहेको भन्ने कुरा २०६३ पौष २७ मा छुट गुठी जग्गा को मालपोत गुठीयारले उठाएको भन्ने संस्थानको परिपत्र लिखत देखिन्छ । गुठीयार र गुठी संस्थान बीच सम्पतिको सरुक्षण गर्ने, व्यवस्थापन कसरी गर्ने , नित्य पूजाआजाको व्यवस्थापन कसरी गर्ने , मन्दिरको आम्दानी बढाएर रथयात्रा, आरती जस्ता महत्वपूणर् पक्षहरु कसरी बढाउने सञ्चालन गर्ने भन्ने सन्दर्भमा कुनै छलफल निणर्य र पहल गरिएको दस्तावेजहरुमा देखिदैन । 
    संस्थानमा उपलव्ध दस्तावेजहरु अध्ययन गर्दा स्पष्ट हुन्छ मननारायण मन्दिरको संरक्षण र व्यवस्थापनमा गुठीयारद्धारा कुनै पहल गरेको देखिदैन् । 


    यतिधेरै सम्पती भएको मन्दिर अहिले विगत ३ वर्ष देखि उदाङ्गो रहेकोछ । आफ्नै आम्दानीवाट मन्दिर जिणोद्धार गर्न सकिने भएपनि पुरातत्व विभागद्धारा पुननिर्माण गर्न थालिएको छ तर हालसम्म अधुरो रहेको छ । पुरातत्व विभागले यस आवमा निर्माण सक्ने बताएपनि स्थानीय या गुठीयारको पुर्खाको चिनो वा सम्पदाप्रतिको साँघुरो सोचले नै गति लिन नसकेको बताइन्छ । 
    मन्दिरका सन्दर्भमा न नपा, न वडा, न स्थानीय, न पूजारी कोही पनि कुनै पनि कुराको जानकारी नभएको वताउँछन् । गुठीयार स्वंमपनि मन्दिर रहेको क्षेत्र बटौली बजार भित्र रहेका जग्गा, मन्दिर परिसर समेत मन्दिरको नाममा छैन भन्ने स्थानीयको तर्कसंग सहमत छन् छैनन् भन्नेवारेमा प्रश्न छ । सुनिन्छ मन्दिरको परिसरनै सरस्वती मन्दिरको नाममा लगत कायम गरिएको छ । 


    मननारायण मन्दिर र नारायणको मूर्तिमा चढाइएका गहनाको उल्लेख विभिन्न पुस्तकहरुमा उल्लेख भएपनि हाल ती गरगहना त्यहाँ उपलव्ध छैनन् भन्ने भनाई स्थानीयको छ ।  यसवाट के बुझन सकिन्छ भने यो मन्दिरको नाममा रहेका चलअचल सम्पती हडप्ने चक्रव्यूहमा यो मन्दिर फसेको छ । यसको तत्काल उद्धार गर्न जरुरी छ । यसका लागि गुठी व्यवस्थापन समिति गठन गर्नुको विकल्प अव छैन । 
    गुठी जग्गाको व्यवस्थापन गर्ने जिम्मा पाएको गुठी संस्थान र त्यसले नियुक्त गरेका गुठीयार एवं गुठी व्यवस्थापन समितिहरुको उदासिनताले क्रमशः सो गुठी सम्वद्ध सम्पदाको अस्तित्व लोप हँुदैछ आस्था, विश्वास र सो संग जोडिएको इतिहास र संस्कृति पनि धुमिल हँुदैछ भन्ने सन्देश प्रवाह हँुदै गएकोछ ।  


    गुठी स्ांस्थानको जिम्मेवारी हो यस्ता गुठी जग्गाहरुको संरक्षण र उचित प्रबन्ध मिलाइ धर्म संस्कृति र परम्पराको निरन्तरता कायम गर्ने तर त्यसो नगरेको हो की भन्ने जिज्ञासा उठाएको छ यस्ता गतिविधिहरुले भन्न सकिन्छ । 
    यो सम्पदाका साथै बटौली वजार, जीतगढी र फूलवारी क्षेत्र र यहाँ रहेका इतिहास र संस्कृतिका जिवन्त सम्पदाहरुको संरक्षण र प्रवद्र्धनकालागि तत्काल कदम चाल्न जरुरी छ । साथै यस क्षेत्रलाई विशेष सांस्कृतिक वा सम्पदायुक्त क्षेत्र घोषणा गरी गुरुयोजना निर्माण गर्ने कार्य अगाडि बढाउन जरुरी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij