२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • नवलपरासी । नवलपरासी श्रीमतीलाई बाइकमा चढाएको बाहानामा आफ्नै साथीको हत्या गरेको रहस्य बाहिरिएको छ ।  

    करिब साढे २ महिना अघि अर्थात साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ निवासी रोशन भन्ने सूर्यकुमार बढईको हत्या भएको थियो । रोशनको शव उनी सुत्ने ओछ्यानमा विहान पथ मृत अवस्थामा फेला परेको थियो । 

    घटनाको साढे २ महिना पछि प्रहरीले हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये पाल्ही नन्दन गाउँपालिका ६ निवासी ३० बर्षीय जोगिन्दर बढईले आफ्नो श्रीमतीलाई रोशनले मोटरसाइकल राखेर आफन्तकोमा छोड्न गएको देखेपछि सोही घटनालाई लिएर रोशनको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए । 


    प्रहरीले रोशनको हत्यामा सम्लग्न जोगिन्दर बढई सहित पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ६ निवासी २० बर्षीय सुरज राजभर र अर्को एक जना १७ बर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन । 

    यस्तो छ हत्याको कारण

    गत साउन ११ गते जोगिन्दर बढईले आफनो श्रीमतीलाई आफन्तको घर पुर्‍याउन रोशन भन्ने सूर्यकुमार बढईले मोटरसाइकलमा राखि लैजादै गरेको बाटोमो भेटेपछि विवाद शुरु भएको थियो । विवादसँगै जोगिन्दरले रोशनसँग बदलाको भावना राखी हत्याको योजना बनाए थिए । 

    हत्याको योजना बनाई साउन १३ गते बेलुका रोशनलाई भेट्न बोलाएको तर, रोशनले साथीहरु लिएर गएका कारण जोगिन्दर उनका साथीहरु लुकेको र साउन १४ गते विहान ४ बजे रोशन सुतेकै ठाउँमा गएर धारिलो हतियार प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए । 

    घटना पश्चात जोगिन्दर भारत भागेको र घटनामा सम्लग्न अन्य २ जना भने गाउँमै बसेका थिए । घटनामा प्रयोग गरिएको धारिलो हतियार सेफ्टी टंकीमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

    जोगिन्दर घर फर्केर लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको र उनीसँगै घटनामा सम्लग्न अन्य दुई जनालाई पनि पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij