प्युठान।प्युठानको ऐरावती गाउँपालिका-६ हरियाखोला देखी बरौला जाने बाटोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।शनिबार राती ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठान अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका ६ बस्ने २७ वर्षीय नबराज श्रेष्ठ रहेका छन्।लु २७ प ९१३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुन सक्ने प्रहरीले बताएको छ।चालक श्रेष्ठको उपचारका लागि जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।




