२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोरको थुप्रो

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोरको थुप्रो

प्रवेशद्वार नजिकैको फोहोरले पर्यटकमा नराम्रो छाप छाडेको छ भने फोहोर फाले वापत विकासको ललिपप पनि पूरा नहुंदा स्थानीय बासिन्दा रुष्ट हुन थालेका छन् ।

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोरको थुप्रो

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोरको थुप्रो

प्रवेशद्वार नजिकैको फोहोरले पर्यटकमा नराम्रो छाप छाडेको छ भने फोहोर फाले वापत विकासको ललिपप पनि पूरा नहुंदा स्थानीय बासिन्दा रुष्ट हुन थालेका छन् ।

पर्यटकीय गेट नजिकै सिद्धार्थनगरको फोहोरको थुप्रो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • मोहम्मद हबिब/ भैरहवा । सिद्धार्थनगर नगरपलिका क्षेत्रको फोहोर विगत एक वर्ष देखि बेलहिया-बुटवल सडक खण्डमा बेलहिया नजिकको पर्यटकीय गेट नजिकै फालिदै आएको छ । नगरको फोहोर व्यवस्थापन वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएकोमा स्थानीयले अवरोध गरेसँगै गत वर्ष साउन ४ गतेबाट केही समयको लागि भन्दै सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ क्षेत्र बन्यो ।

    तर यहाँ भने फोहोर फाल्न लागेको एक वर्ष बढि बित्दा समेत नगरपलिकाले फोहोर व्यवस्थापन अन्यत्र गर्न सकेको छैन । स्थलमार्ग भई नेपालकै सबै भन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा रहेको मुख्य राजमार्ग छेउमै नगरको फोहोर फालेर यो क्षेत्र नै दुर्गन्धित बनेको छ । 


    ‘अघिल्लो मेयर साबले पर्यटक गेट बनाई चहलपहल हुने वातावरण बनाउनु भयो अहिलेको मेयर साबले यहाँ कोही नबसुन् भनेर फोहोरको दुर्गन्ध मच्चाउनु भयो’- स्थानीयले भने  ‘हामीलाई केही समयको लागि अस्थायी रुपमा फोहोर फाल्छांै भनेर अनुरोध गर्नुभयो हामीले सहर्ष स्वीकार गर्‍यो तर फोहोर फाल्न लागेको यतिको समय वितिसक्दा पनि यसलाई अन्यत्र सार्ने तर्फ खास चासो देखिएको छैन ।’ 


    पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेट नजिकै नगरपालिकाले फोहोर व्यवस्थापन गर्दा यसबाट नकारात्मक सन्देश गएको छ । गेट नजिकै पर्यटक रोकिएर केही समय भुलाउन सकियोस् भन्ने नगरपालिकाको मनसायले गेट बनाएपनि अहिले नगरपालिकाले नै पर्यटक भगाउन लागे जस्तो देखिन्छ ।
    नाकाबाट केही दुरी भित्र रहेको प्रवेशद्वार बुद्धत्व झल्कने लक्ष्यले बनाइए पनि अहिले सोही नगरपालिकाले नगरको फोहोर नै गेट नजिकै फाल्दै आएको छ । दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको ३० टनको हराहारीमा फोहोर नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गरी यहाँ व्यवस्थापन गर्दै आएको छ । 

    फोहोर नगरपालिकाले गेट नजिकै डण्डा नदीको किनारमा नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । केही समय देखि सिसाको टुक्रा संकलन केन्द्र बनेको सो क्षेत्रमा अहिले सिसा बाटोको पारि र फोहोर वारी तर्फ डम्पिङ भइरहेको छ । 


    सिद्धार्थनगर नगरपालिकाले वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएको थियो । फोहोरले स्थानीय प्रभावित भएसँगै वडा नम्बर १ र २ का बासिन्दाले फोहोरको गाडी प्रवेश नै रोक लगाई विरोधमा उत्रेका थिए । यस अघि पनि स्थानीयले पटक पटक विरोध जनाएकोमा विभिन्न सहमतिमा विगत ३ दशक देखि नियमित रुपमा नगरको फोहोर सोही क्षेत्रमा व्यवस्थापन हुदै आएको थियो । स्थानीयले गरेको विरोधसँगै नगरपालिकाले फोहोर डम्पिङ क्षेत्रको स्थान नै परिवर्तन गरेको छ ।

     

    पुरानो ठाउमा स्थानीयले गरेको अवरोधका कारण एक वर्ष देखि सिद्धार्थ राजमार्ग नजिक पर्यटकीय गेटको पश्चिम तर्फ नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको बताए । नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टर मार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । । डम्पिङ क्षेत्रमा दुर्गन्ध नआओस् भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरिएको छ ।

     

    स्थानीय अलि हुसेनले केही समयको लागि भनेर फोहोर फाल्न सुरु भएदेखि हामीलाई बस्ने स्थिती नै नभएको बताए । ‘दुर्गन्ध र झिंगाले स्थानीय बासिन्दाको  स्वास्थ्यमा पनि बेला बेलामा समस्या आउने गरेको छ,नगरपालिका गएर मेयर साबलााई भनेको पनि हो तर समस्या समाधान भएको छैन, पहिला अलि टाढा फालिन्थ्यो अहिले भरिदै जांदा वस्ती नजिकै सम्म फोहोर आइपुगेको छ । गन्धले बसी नस्कनु भएको छ’-उनले भने । 

    नौडिहवाका स्थानीयले फोहोर फाल्न लागे देखि दुर्गन्धले गेट नजिक जाने स्थिती छैन । त्यहाँ मात्रै होइन हावा चल्दा यस्को असर गाँउ सम्म पनि आउने गरेको छ, वर्षाको समय छ यसले महामारी फैलाउने जोखिम पनि छ, नगरपालिकाले तत्काल यस्को समाधान गरी बस्तीबाट टाढा व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । यसले आउने पर्यटकमा नकारात्मक छाप छाडेको बताए । 

    सिद्धार्थनगर नगरपालिका वडा नं. १ का अध्यक्ष उज्जवल पोखरेलले ७ दिनको लागि समय मागेर फोहोर व्यवस्थापन गर्न दिएको बताउदै पछि गेट नजिकै को सो क्षेत्रमा पहिला देेखिनै सिसाको कवाड (फोहोर) संकलन गरी वातावरण नै प्रभावित बनेकोले पटक पटक हटाउने प्रयास गरेपनि नमानेपछि जरिवाना स्वरुप नगरको फोहोर सोही क्षेत्रमा फाल्न दिएको बताए ।

    वर्षौ देखि नगरको फोहोर वडा नं. १ मै फालिन्थयो, चाहे झण्डी बजार होस या पर्यटकीय गेट नजिकै तर वडा वासीले केही पाउदैनथ्यो । अहिले भने विकास बजेटमा नगरपालिकाबाट बजेट विनियोजन गराई काम गरिरहेको अध्यक्ष पोखरेलले भने । फोहोरको कारण स्थानीय नागरिकको विमा समेत भएको छ । 

    नगरपालिकाले स्वास्थ्यसँग पनि खेलवाड गर्दै उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने नुन गोदामसँगै फोहोर फाली रहेको छ । खुला रुपमा फालिएको फोहोरको असर नजिकै रहेको साल्ट ट्रेडिङले नुन भण्डारणमा पक्कै परेको छ । उपभोक्ताको स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरि नुन भण्डारण क्षेत्रमा गर्दा फोहोर फाल्नु स्वास्थ्यका लागि उच्च जोखिम छ । विक्री वितरण नगरेर संचिति गर्नका लागि साल्ट टेड्रिङ कर्पोरेशनले त्रिपालले ढाकेर नुन राख्ने गरेको छ । नुन सुरक्षित रुपमा राखेपनि नगरपालिकाले यस विषयमा सोच्नु पर्छ जनताको स्वास्थ्यसँग खेलवाड हुने काम नगरपालिकाले गर्न हुदैन । 

    सिद्धार्थ राजमार्ग र डण्डा नदीको पुलसँगै रहेको सो फोहोर फालेको क्षेत्र नजिकै सशस्त्र प्रहरीको पनि युनिट छ । गन्धको असर राजमार्ग आवागमान गर्नेलाई परेपनि सधै चेकजाँचमा खटेका सुरक्षाकर्मीलाई पनि पर्ने गरेको छ । एक सुरक्षाकर्मीले भने ‘हामीलाई त सिद्धार्थनगरको फोहोरले पिछा छोड्ने भएन गणमा हुदा उता फोहोरले सास्ती भोगेका थियौं, अहिले यहाँ पनि सोही समस्या छ ।’

    स्थानीयलाई नगरपालिकाले फोहोर फालेवापत विकासका कामहरु गर्ने सहमति गरेको थियो जसको पलस्वरुप आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ मा नौडिहवा रोड उत्तर कब्रिस्तान जाने बाटोका लागि १० लाख, कोटहीमाई मन्दिर भौतिक निर्माणका लागि १५ लाख, राधाकृष्ण पथ बाटो तथा नाला निर्माण २० लाख, नौडिहवा मस्जिदका लागि १५ लाख, स्थानीयको निशुल्क स्वास्थ्य विमा, रानी गाँउ चोक देखि नयाँ गाउ नाला निर्माण र मनकामना पथमा नाला निर्माणको लागि बजेट दिइएको छ । 
    सिद्धार्थनगर नगरपालिकाका फोहोर व्यवस्थापन प्रमुख अधिकृत केशव पौडेलरहेपनि अहिले उनी रजिनामा दिएका छन । 


    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले सिद्धार्थनगरको फोहोर मैला व्यवस्थापनको समन्धमा प्रयासरत रहेका छौ, सार्वजनिक साझेदारी अन्तर्गत निजी क्षेत्रको सहकार्यमा व्यवस्थापन गर्ने मनसाय नगरपालिका आएको छ । सरकारी तवरबाट गर्न नसक्ने स्थिती आएपछि मोटामोटी केहीसँग कुराकानी पनि भएको छ, कुन तरिकाले कसरी जाने विच एक प्रकारको खाका बनिसकेकोले छिटै नतिजा देखिने गरि नगरपालिकाले काम हुन्छ थापाले भने ।


    नगरपालिकाले यस अघि पनि धेरै पटक व्यवस्थापनका लागि प्रयास गरेको हो । छिमेकी पालिकाको साझेदारी र सहकार्यमा समेत गर्ने योजना बनाउदा राजिनितीक पक्ष सहमत नहुदा राजनितिकरणले पटक पटक विथोलिएको हो । एसियाली विकास बैंकको सहयोगमा परियोजना ल्याउनेबारे छलफल भएपनि सफल हुन नसकेपछि अहिले निजी क्षेत्रलाई दिने निचोडमा नगरपलिका पुगेको छ । 
    तत्कालका लागि हाल सिद्धार्थनगर १ मा फोहोरमैला व्यवस्थापन भइरहेको छ , २४ घण्टा जेसिभी राखेर फोहोर माटोले पुर्ने र गन्ध व्यवस्थापनका लागि मट्टीतेल छर्कने काम निरन्तर भइरहेको प्रमुख प्रशासकिय अधिकृत थापाले दाबी गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij