२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

किन बढिरहेको छ भाउ ? कतिसम्म बढ्ला भाउ ?

किन बढिरहेको छ भाउ ? कतिसम्म बढ्ला भाउ ?

किन बढिरहेको छ भाउ ? कतिसम्म बढ्ला भाउ ?

किन बढिरहेको छ भाउ ? कतिसम्म बढ्ला भाउ ?

किन बढिरहेको छ भाउ ? कतिसम्म बढ्ला भाउ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

    आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७२१ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको हो ।

    यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।

    ‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ’ विजडमट्री कमोडिटी रणनीतिकार नितेश शाहले रोयटर्सलाई भनेका छन् ।

    त्यस्तै अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको उनले टिप्पणी गरेका छन् । अमेरिकी केन्द्रीय बैंकले अब ब्याजदर घटाउँदै लैजाने रणनीति लिएको छ, यसले गर्दा सुनको माग बढेको छ ।

    रुस–युक्रेन युद्ध र त्यसले निम्तिएका संकट, विश्वका केन्द्रीय बैंकको उच्च भण्डारण, अमेरिकामा घट्न थालेको ब्याजदर र पछिल्लो समय इरान–इजरायल युद्धले सुनको मूल्य बढाउँदै लगेको हो ।

    कतिसम्म बढ्ला भाउ ?

    अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो ।

    अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् । लण्डन बुलियन मार्केट एसोसिएसनले सुनको मूल्य आगामी १२ महिनाभित्र प्रतिऔंस २९४१ डलरसम्म पुग्ने अनुमान गरेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । लण्डन बुलियन मार्केट एसोसिएसनको अनुमान मान्ने हो भने नेपाली बजारमा तोलाको १ लाख ७८ हजार रुपैयाँ एक वर्षभित्रै पुग्नेछ ।

    प्रक्षेपणको आधार भने खुलस्त पाइँदैन । यो प्रक्षेपण मात्रै भएकाले वास्तविक परिवेशमा नमिल्न सक्ने भएकाले विश्वास गरेर कारोबार नगर्न पनि एसोसिएसनले आग्रह गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij