२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली क्रिकेट टिम पुरानो लयमा फर्किएला त?

नेपाली क्रिकेट टिम पुरानो लयमा फर्किएला त?

नेपाली क्रिकेट टिम पुरानो लयमा फर्किएला त?

नेपाली क्रिकेट टिम पुरानो लयमा फर्किएला त?

नेपाली क्रिकेट टिम पुरानो लयमा फर्किएला त?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • आइसिसी वर्ल्ड कप लिग-२, २०२४-२०२७ एक दिवसीय खेल अन्तर्गत यति बेला नेपाल आफ्नो खेलको तेस्रो सिरिजको लागि क्यानडाबाट अमेरिका गएको छ।

    गत फेब्रवरीमा आफ्नै घरेलु मैदानमा पहिलो सिरिज अन्तर्गत नेपालले नामिबिया र नेदरल्याण्डससँग खेलेको थियो जसमा तीन हार र १ मात्र जीत निकाली २ अङ्क प्राप्त गरेको थियो।

    यसै गरी नेपालले आफ्नो दोस्रो सिरिज क्यानडामा चिरपरिचित प्रतिद्वन्द्वी क्यानडा र ओमनसँग खेलेको थियो साथै उक्त खेलमा धेरै नेपाली क्रिकेट समर्थकहरूलाई लागेको थियो नेपालले ४ खेल नै जितेर ८ अङ्क लिई अङ्क तालिकामा सुधार गर्नेछ भनेर तर त्यसो हुन सकेन क्यानडामा पनि नेपालले अपेक्षा अनुरूप खेल प्रदर्शन गर्न सकेन जसमा ३ हार सहित १ खेल पानीको कारण सुचारु नै नभई १ /१अङ्क बाँडेको थियो।२०२७ सम्म चल्ने लिग-२ मा नेपाल, युएई, ओमान,स्कटल्यान्ड ,नेदरल्याण्ड, नामिबिया, अमेरिका र क्यानडा गरी ८ राष्ट्रहरू सहभागी रहेका छन्।

    अहिलेसम्मको खेलको नतिजालाई हेर्दा क्यानडा १२ खेल खेलेर ८ जीत सहित १६ अङ्क लिएर शीर्ष स्थानमा रहेको छ भने युएई २ अङ्क सहित अङ्कतालिकाको पुछारमा रहेको छ साथै नेपाल ३ अङ्क सहित सातौँ स्थानमा रहेको छ। जारी लिग-२ को खेल २०२७ मा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । 

    लिग-२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एक दिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग-२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले-अफ चरण खेल्नु पर्ने हुन्छ।जारी लिग २ को खेलमा सहभागी प्रत्येक राष्ट्रले ३६/३६ खेल खेल्नेछन् साथै नेपालले ३६खेल मध्ये ८ खेल खेलिसकेको छ भने यही अक्टोबरबाट स्कटल्यान्ड र अमेरिकासँग नेपालले २/२ खेल गरेर ४ ओटा खेल खेल्नेछ। 

    शृङ्खलाको पहिलो खेल अक्टोबर २५ तारिखमा अमेरिका र स्कटल्यान्डबिच खेलिने छ । नेपालले भने अक्टोबर २७ तारिखमा आफ्नो पहिलो खेल अमेरिकासँग र अक्टोबर २९ तारिखमा दोस्रो खेल स्कटल्यान्डसँग खेल्नेछ ।नेपालले तेस्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासँग र चौथो तथा अन्तिम खेल नोभेम्बर ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ गएको वर्ष नेपालले घरेलु मैदानमा स्कटल्यान्डसँग खेलेको २ खेलमा नै जीत निकालेको थियो तर पछिल्लो समय नेपालको खेलको नतिजा अनुसार अमेरिका र स्कटल्यान्डलाई जित्न सक्ने /नसक्ने बारेमा सहजै भन्न सकिने अवस्था छैन। 

    पछिल्लो समय नेपालका भरपर्दा प्रमुख ब्याट्सम्यानहरू चल्न नसक्नु नै हारको प्रमुख कारण रहेको छ ।नेपालको ओपनर जोडीमा निकै चलेका खेलाडी कुशल भुर्तेल र आसिफ शेख हुन भने पछिल्लो समय ओडिआई खेलमा कुशल भुर्तेलबाट खासै रन आउन सकिरहेको छैन ओमन सँगको पहिलो खेल र क्यानडासँगको दोस्रो खेलमा भुर्तेललाई बेन्चमा राखी अर्जुन साउथलाई खेलमा उतारे पनि उनले सम्झन लायक खेल प्रदर्शन गर्न सकेनन् ।

    यसै गरी एउटै खेलमा दीपेन्द्र सिंह ऐरी , कुशल मल्ल , कुशल भुर्तेललाई परिवर्तन गरी अन्य खेलाडीलाई अवसर दिँदा पनि सोचे जति प्रदर्शन गर्न सकेनन् साथै कप्तान रोहित कुमार पौडेल र कोच मन्टी देशाई माथि नै प्रश्न उठिरहेको थियो।कप्तान रोहित कुमार पौडेलले बलरहरूलाई समय र अवस्था अनुसार प्रयोग गर्न नसक्दा जितिसकेको खेल पनि हारेको हो कि भन्ने केही क्रिकेट समर्थकहरूको बुझाई पनि रहेको थियो। नेपालका खेलाडीहरूसँग बलिङ ,ब्याटिङ साथै फिल्डिङमा राम्रो अनुभव र क्षमता हुँदाहुँदै पनि त्यति अनुसारको खेल खेल्न नसक्नु सबैभन्दा ठुलो कमजोर पक्ष हो। 

    एक दिवसीय सिरिजमा नेपाली ब्याट्सम्यानहरू संयमित हुन नसक्नु ,खेलको अवस्था र आवश्यकता अनुसार धैर्यता नगरी अनावश्यक सट खेली आउट हुनु , कोच र कप्तानले खेलाडीहरूको लाइन पोजिसन नम्बर बारम्बार परिवर्तन गर्नु, मध्यक्रमका ब्याट्सम्यानहरुले खेललाई समाल्न नसक्नु, पुरै ओभर टिकेर खेल्न नसक्नु , डेथ ओभरमा बलिङ कमजोर हुनु साथै अभ्यास खेलमा आफूभन्दा कमजोर टिमसँग खेल खेलाइनु जस्ता कुराहरूले गर्दा पनि नेपालले आफ्नो लय गुमाउँदै गएको छ।

    ब्याटिङ गर्दा सुरुवाती अवस्था बाट नै बढी प्रेसर लिई डट बल बढी खेल्नु , पार्टनरसिप बिल्ड अप गर्न नसक्नु, १/२ रनको साझेदार भन्दा पनि बाउन्ड्री हान्न खोज्नु जस्ता धेरै कमजोरीहरू रहेका छन् । नेपाली खेलाडीहरूले विपक्ष टिमका खेलाडीहरूलाई बुझेर त्यैअनुसार खेल खेल्न नसक्नु साथै एउटा आउट हुने बित्तिकै अन्य खेलाडीहरू पनि खराब बलमा सट हानी लगातार आउट हुनु अर्को कमजोर पक्ष रहेको छ।

    नेपालले सुरुमा बलिङ राम्रै गरेता पनि ४० ओभर माथि पुगेपछि रन कन्ट्रोल गर्न नसक्नु पनि हारको अर्को कारण रहेको छ।नेपालले अन्तिम अवस्थातिर बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गर्दै आइरहेको छ त्यसैले यस्ता किसिमका कमजोरीलाई पनि कोच ,क्याप्टेन र स्वयम खेलाडीहरूले पनि निकै ध्यान दिन जरुरी रहेको छ। अमेरिकासँगको पछिल्लो दुई ओटा टी-२० आई खेलमा नेपालले केही सुधार गरेको देख्न पाइएको छ।अब अनिल शाह र आसिफ शेखको ओपनिंग साझेदारीले खेलको लय परिवर्तन हुने आशासँगै अमेरिकासँगको दोस्रो खेलमा कुशल भुर्तेलको लामो समय पछिको उत्कृष्ट कम ब्याकले फेरि छुट्टै आशा पलाएको छ । 

    नेपाली क्रिकेट खेलमा । यसै गरी एकदिवशीय खेलमा अन्य नेपाली ब्याट्सम्यानहरुले पनि खेलको अवस्था बुझेर लामो साझेदारीका साथ उच्च स्तरको खेल प्रदर्शन गर्न सक्ने हो भने नेपालले जीत निकाली लिग- २ को अङ्कतालिकामा सुधार गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट सन् २०१८ मा प्राप्त एक दिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको विशेष भूमिका रहन्छ ।

    हाल आइसिसीबाट अस्थायी रूपमा एक दिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।नेपालले आफ्नो ओडिआई मान्यतालाई जोगाउँछ या गुमाउँछ त्यो खेलको नतिजाले बताउनेछ। नेपाली क्रिकेट संघ ( क्यान) को अध्यक्ष पदमा चतुर बहादुर चन्दको दोस्रो कार्यकाल र पूर्व कप्तान पारस खड्का सचिव पदमा नियुक्ति भए सँगै नेपाली खेलाडीहरूको पारिश्रमिकमा उल्लेखनीय सुधार भयो जुन नेपाली क्रिकेट खेलाडीहरू साथै क्रिकेट खेलमा लागेर पनि नेपालमा भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने एउटा सकारात्मक ऊर्जा प्राप्त भएको छ।

    सरकार र क्यानले खेलाडीहरू प्रति दिएको सेवा ,सुविधा तथा पारिश्रमिकलाई सम्झिएर भए पनि खेलाडीहरूले आफ्ना कमिकमजोरीहरुलाई आत्मसाथ गरेर खेलमा उत्कृष्ट प्रदर्शन गर्न जरुरी रहेको छ ।जसले राष्ट्रलाई विश्वसामु चिनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ। क्यानकै नेतृत्वमा अबको केही महिनामै नेपाल प्रिमियम सुरु हुँदै छ । जसले आगामी दिनमा नयाँ खेलाडीहरूको उत्पादन गर्नेछ साथै आगामी दिनमा पनि यस्तै अन्य घरेलु लिगहरू सञ्चालन हुन आवश्यक रहेको छ। राष्ट्रिय टिममा सधैँ तिनै खेलाडीहरूले मात्रै अवसर पाएका छन् तर घरेलु लिगहरू आयोजना भयो भने उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूको लागि पनि राष्ट्रिय क्रिकेट टिममा प्रवेशको ढोका खुल्ने सम्भावना बढी हुनेछ। 

    अन्त्यमा, नेपाली क्रिकेट टिम पुरानो लयमा फर्किन निकै नै आवश्यक छ यो भन्दा पहिलाको संस्करणमा नेपालले २४ खेलमा ८ खेल मात्र जितेका थियो भने पछाडिका १२ खेल मध्ये ११खेलमा जीत हात पारि एक दिवसीय मान्यतालाई यथावत् राख्दै जिम्बाबेमा भएको विश्वकप छनोट खेल खेलेको थियो।

    यति बेला नेपालले २सिरिज सकेर ८ ओटा खेल मात्र खेलेको छ भने बाँकी २८ ओटा खेल अझै खेल्न बाँकी छ त्यसैले नेपाली क्रिकेट खेलाडीहरूले नेपाली क्रिकेट क्षेत्रको भविष्य हेरेर भए पनि जतिसक्दो उच्च स्तरको खेल प्रदर्शन गर्न जरुरी रहेको छ साथै एक दिवसीय मान्यतालाई जोगाई राख्न पनि खेलाडीहरू जिम्मेवारी र संयमित भएर खेली पुरानो लयमा फर्किन जरुरी छ। 

    लेखक कुवर सत्यवती -२, चेहेमी गुल्मी घर भए पनि हाल जापान ओसाका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij