२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन प्रवद्र्धनका लागि एकीकृत पहलकदमी आवश्यक

पर्यटन प्रवद्र्धनका लागि एकीकृत पहलकदमी आवश्यक

पर्यटन प्रवद्र्धनका लागि एकीकृत पहलकदमी आवश्यक

पर्यटन प्रवद्र्धनका लागि एकीकृत पहलकदमी आवश्यक

पर्यटन प्रवद्र्धनका लागि एकीकृत पहलकदमी आवश्यक
बुधवार, आषाढ ६ २०८१
बुधवार, आषाढ ६ २०८१
  • मध्यपहाडी क्षेत्रमा अवस्थित गुल्मी जिल्ला संभावनाले भरिएको जिल्ला हो । अवसरको खोजीमा युवाहरु विभिन्न देशमा पलायन भइरहेका बेला यहाँ संभावनाको खोजी भइरहेको छ । पर्यटन प्रवद्र्धन र कृषिको व्यवसायिकरण गर्न सक्दा गुल्मीले धेरै लाभ पाउन सक्छ ।


    रूरू-रेसुङ्गासहितका यहाँका सांस्कृतिक स्थलमा अहिले पूर्वाधार निर्माणको कामले गति लिएको छ । रेसुङ्गामा भएको पूर्वाधार विकासले केही वर्षमै मुहार फेरिएको छ । तमघासदेखि रेसुङ्गा पुग्ने पक्की सडक बनेपछि पर्यटक आवागमन बढेको छ । महत्वपूर्ण तीर्थस्थल रूरू क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर काम अघि बढेको छ । ऐतिहासिक कोत, दरबार र गढी रहेको गुल्मीका हरेक पालिकाले ती स्थलको संरक्षण र पर्यटन पूर्वाधार विकासका योजना अघि सारेर काम गर्नु सकारात्मक छ । मुसिकोट, धुर्कोट, इस्माकोट र गुल्मी दरबारले नेपाल एकीकरण अघिको अवस्था बुझ्ने अवसर दिन्छन् । ती ऐतिहासिक कोटको संरक्षण र पूर्वाधार विकासमा तहगत सरकारले गरेका प्रयास प्रशंसनीय छन् ।


    आपँचौर नेपालमा कफिको लागि प्रख्यात ठाउँ हो, जहाँ पहिलोपल्ट नेपालमै कफि खेतीको सुरुवात भयो । गुल्मीको कफी विभिन्न देशमा लोकप्रिय छ । अहिले उत्पादनभन्दा माग धेरै छ । मागअनुसार पूर्ति गर्न नसक्दा हामीले अपेक्षित लाभ लिन सकिरहेका छैनौं । उ बजारको समस्या नभएको र बजार मूल्य राम्रो रहेको कफी खेतीको विस्तारका लागि योजनाबद्ध प्रयास प्रभावकारी बन्न नसक्नु हाम्रो नियति हो कि नियत । युवाले रोजगारीको लागि अरबको खाडीमा पसिना चुहाउनुपर्ने तर संभावनायुक्त कृषि उत्पादन कफी खेतीमा आकर्षित गर्न नसक्ने अवस्थालाई कसरी अन्त्य गर्ने ? राज्यले योजनाबद्ध काम अघि बढाउन ढिलाइ भइरहेको छ । आपँचौर कफी खेती अध्ययनको राष्ट्रिय- अन्तर्राष्ट्रिय स्थल बन्न सक्छ ।


    नेपालमा घुमफिर संस्कृति मौलाएको छ । हाम्रा सांस्कृतिक र ऐतिहासिक स्थलमा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास हुनुपर्छ । पर्यटन सर्किट र रुटको विकास गर्न एकीकृत प्रयास हुनुपर्छ । पर्यटन पूर्वाधार विकास एउटा पाटो हो, अर्को भनेको पर्यटन प्रवद्र्धनको योजना बनाएर कार्यान्वयन गर्न सक्दा मात्रै समुदायले लाभ लिन सक्छ । घुम्न आउनेहरुले यहाँको चिनारी लैजान खोज्छन्, त्यसका लागि गुल्मीको कोसेली घर, राम्रो आतिथ्यता सहितको होटलको सुविधा, स्थानीय उत्पादनका खानेकुरा, स्थानीय संस्कृति बुझ्न पाइने अवसरले नै यहाँ घुम्न आउनेहरु रमाउन सक्छन् । पूर्वाधार निर्माणको काम सुस्त भएकाले गति बढाउनुपर्ने छ । 


    अहिले भइरहेका प्रयास जति भएका छन् राम्रा छ, तर अझैँ सुधार गर्नुपर्ने छ । तहगत सरकारबीचको समन्वय र सहकार्यले नै पर्यटन प्रवद्र्धनको एकीकृत योजना कार्यान्वयन गर्न सहज हुन्छ । तहगत सरकार र अन्तर पालिका सहकार्य गरी कसले के काम गर्ने कार्ययोजनासहित अघि बढ्न सक्दा गुल्मीले पर्यटनबाट अपेक्षित लाभ लिन सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij