पाल्पा ।
पाल्पामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिवल खेलाडीहरु बीच प्रतिष्प्रर्धा हुने भएको छ । राष्ट्रिय स्तरमा चर्चा कमाएको मण्डली स्पोर्टस क्लव पुर्वखोला १ सिलुवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिवल खेलाडीहरु विच प्रतिष्प्रर्धाको लागी खुला क्लव स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोेगिता संचालन गर्ने भएको छ ।
स्पोर्टस क्लवले यहि आउदो कार्तिक २१ गते देखि २४ गते सम्म आठौ मण्डली कप २०८१ संचालन गर्ने भएको हो । प्रतियोगितामा क्लवहरु मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिवल खेलाडीहरुको सहभागिता रहने छ । क्लव मार्फत जुनसुकै स्थानका खेलाडीहरु पनि प्रतियोगितामा प्रतिष्प्रर्धाको अवशर पाउने आयोजक मण्डली स्पोर्टस क्लवका अध्यक्ष एव भलिवलका राष्ट्रिय रेफ्री अन्त प्रसाद श्रेष्ठले बताए ।
प्रतियोगितामा विभागिय टोली बाहेक अन्य जुनसुकै क्लवहरुले पनि प्रतिष्प्रर्धा गर्न पाउने र विभागिय क्लवका खेलाडीहरु पनि अन्य क्लव मार्फत प्रतियोगितामा सहभागी हुन पाउने स्पोर्टस क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ६ वटा क्लव र महिलातर्फ ४ वटा क्लवको सहभागिता रहनेछ । प्रतियोगितामा १४ वटा खेल हुनेछन् ।
पुरुष भलिवल प्रतियोगिता तर्फ प्रथम हुनेलाई नगद १ लाख ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र द्धितिय पुरस्कार नगद १ लाख रुपैयाँ कप, मेडल र प्रमाणपत्र तृतिय पुरस्कार नगद ७० हजार कप, मेडल र प्रमाणपत्र, सान्तवना पुरस्कार नगद ३५ हजार कप, मेडल र प्रमाणपत्र , वेष्ट प्लेयर लाई ५ हजार, वेष्ट स्पाईकर २ हजार, वेष्ट डिफेन्सर २ हजार, वेष्ट सेटर २ हजार, वेष्ट सर्भर २ हजार, वेष्ट व्लकर २ हजार पुरस्कार रहेको क्लवले सचिव कृष्ण प्रसाद पंगेनीले बताए ।
यसैगरी महिलातर्फ प्रथम पुरस्कार नगद ३० हजार कप, मेडल र प्रमाण, द्धितिय पुरस्कार नगर २० हजार कप, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार नगद १० हजार कप, मेडल र प्रमाणपत्र , र सान्तवना पुरस्कार नगद ५ हजार कप, मेडल र प्रमाणपत्र वेष्ट प्लेयरलाई २ हजार, वेष्ट स्पाईकर १ हजार, वेष्ट डिफेन्सर १ हजार, वेष्ट सेटर १ हजार, वेष्ट सर्भर १ हजार, वेष्ट व्लकर १ हजार पुरस्कार रहेको क्लवले जनाएको छ । प्रतियोगितामा भलिवलका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ सहित ७ जना रेफ्रीहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा क्लव दर्ता निशुल्क, खेलाडीहरुलाई खान बस्न निशुल्क व्यबस्था गरिएको आयोजकले जनाएको छ । क्लवले तानसेनमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगायतले प्रतियोगिताले पाल्पामा खेलकुद पर्यटनको विकासमा वृद्धि हुने बताए । प्रतियोगिता सफल बनाउन सिङ्गो जिल्ला एकजुट भएर सहयोग गर्नुपर्नेमा दुबै वक्ताले जोड दिए ।
प्रतियोगितामा स्थानीय कलासंस्कृतीको प्रस्तुती, स्थानीय कौडा नाच, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।




