केशब पराजुली / नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको मुटुमा रहेको नेपाल वाल संगठन (बालमन्दिर) जिर्ण वन्र्दै गएको छ । त्यहाँ रहेका भवन भत्कीने अवस्थामा पुगेका छन ।
बालमन्दिरको कमपाउन्ड भित्र घाँस,ै घासले घेरिएको छ । उक्त जग्गामा विद्यालय संञ्चालनका लागी बनाईएका दुई वटा भवन रहेका छन् र पहिलेनै निर्माण भएको सभाहल जिर्ण अवस्थामा रहेको छ । बालसंगठनको दुरदशा हेर्न कुनै पदाधिकारी जादैनन् । बिगतमा बालमन्दिरमा साना,साना बाल,बालिकाहरुलाई पढाउने गरेको भएपनि केही वर्ष देखि पढाई बन्द छ । बालमन्दिरको कुनै पनि स्थाई आयस्रोत नभएका कारण बालमन्दिरका कुनै पनि गतिविधि हुन नसकेको अध्यक्ष पृतम पौडेलले बताए ।
उनका अनुसार २०४५ साल देखि बालमन्दिरमा कार्यरत चौकीदार कृष्ण वहादुर चौधरीलाई तलब समेत खुवाउन नसकेको वताए ।
कुनै संघ,सस्था वा जोकसैले बालसंगठनको सभा हल भाडामा लिएर कार्यक्रम गरेमा भाडा लिने गरेको भएपनि जिर्ण भएका कारण अहिले भाडामा जाँन छाडेको छ । ५० जना सदस्य रहेको बाल संगठनमा विगत ३ वर्ष देखि पृतम पौडेलले नेतृत्य गदै आएका छन उनको अवधि अझ एक नर्ष बाँकी रहेकोे छ । पौडेको समाय अवधि अव एक वर्ष बाँकी रहेको छ ।
केन्दीय बालकल्याण समिति र स्थानीय निकायले सहयोग नगरेका कारण जिल्लामा कुनै गतिविधि नभएको अध्यक्ष पौडेको भनाई छ । बालसंगठनको नाममा सदरमुकाम परासीमा २ विगाह जग्गामा घाँस,ै घासले ढाकेको छ । सदरमुकाममा रहेको बालसंगठनको अवस्थाका बारेमा बारम्वार केन्द्रमा जाँनकारी गराउदा समेत कुनै वास्ता नगरेको एक सदस्यले वताए । नगरभित्र रहेको बालसंगठनको संरक्षणमा कुनै निकायले चासो नदिए पछि रामग्राम नगरपालिकाले चासो देखाएको हो ।
नगरपालिकाका नगरप्रमुख धनपत यादवले उक्त स्थानमा सरसफाई गरी स्थानियलाई हिडँडुल गर्न खुल्ला व्यामशाला र बाल उद्यान बनाई सौन्र्दयकरण गर्नेे योजना बनाएको वताए । नगरभित्र रहेको उक्त सम्पत्ति अतिक्रमण हुन सक्ने भन्दैे नगरपालिकाले बालमन्दिरको स्वरुपमा असर नपर्ने गरी संरक्षण र सौन्र्दयकरणको काम गर्ने मेयर यादवले वताए ।
नगरको मुख्य केन्द्रमा रहेको सम्पत्तिको संरक्षण गर्न नगरपालिका चाहेको र नेपाल बालसंगठनमा गएर दुई पटक छलफल गरेको नगरप्रमुख यादबले वताए । नेपाल बाल संगठनका केन्द्रिय अध्यक्ष विद्या न्यौपाने र कोषाध्यक्ष देउमान विष्टसंग छलफल गरेको जानकारी दिदै नगर प्रमुख यादवले बालमन्दिरको संरक्षणका विषयमा सकारात्मक कुराकानी भएको बताए ।
नेपाल बाल संगठन नवलपरासीका सभापति पृतम पौडेलले नगरपालिकाले राम्रो सुरुवात गर्न थालेको बताउदै यसमा बाल संगठनले साथ दिने बताए । बेवारिसे बन्दै गएको सम्पत्तिको संरक्षणमा नगरपालिकाले चासो दिनु राम्रो कुरा भएको बताउदै उनले समन्वय गरेर योजनवद्ध काम गर्नुपर्ने बताए । रामग्राम नगरपालिकाका नगरप्रमुख यादवले एक हप्ता भित्र बालसंगठनको संरक्षण र सौन्र्दयकरणको काम सुरु गर्ने वताएका छन ।




