२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आठ बर्षिया बालिकामाथि करणी भएपछि राजमार्ग अवरुद्ध गरेर कारबाहीको माग

आठ बर्षिया बालिकामाथि करणी भएपछि राजमार्ग अवरुद्ध गरेर कारबाहीको माग

आठ बर्षिया बालिकामाथि करणी भएपछि राजमार्ग अवरुद्ध गरेर कारबाहीको माग

आठ बर्षिया बालिकामाथि करणी भएपछि राजमार्ग अवरुद्ध गरेर कारबाहीको माग

आठ बर्षिया बालिकामाथि करणी भएपछि राजमार्ग अवरुद्ध गरेर कारबाहीको माग
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • दाङ। दाङ भालुबाङकी आठ बर्षिया बालिका जवरजस्ती करणीमा परेको १२ दिन वितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्न नसकेको भन्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ ।

     

    पिडित पक्षले प्रहरी कार्यालय अगाडी दैनिक जसो धर्ना दिदै दवाव बढाउदै आएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ । 

    Messenger_creation_7A6FF5D5-987D-4D52-8ACF-AD2D5A2E7707.jpeg
    घटना गत असोज २४ गते फूलपातीको दिन भएको थियो । सशस्त्र प्रहरी क्याम्प नजिक टाँगिएको पिङ्ग खेल्न पुगेकी ८ बर्षिया बालिका करणीमा परेको घटना सार्वजनिक भएपछी ईलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । 


    पिडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ति बालिका संगै रहेकी अर्की एक १५ बर्षिया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ । दुवै वालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ ।

    ‘पिडित बालिका प्रहरीको संरक्षणमा हुनुहुन्छ । उहाँ संग रहनुभएकी अर्का एक १५ बर्षिया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले भने,‘यो घटनालाई प्रहरीले गम्भिर रुपमा लिएको छ । सिआईविको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।’ 


    नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइवीको टिमले घटनाको समेत अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपनि अझैं सम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछी जनआक्रोस बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दा सम्म संघर्ष जारी राख्ने चेतवानी दिइएको छ ।

    Messenger_creation_D23CF447-3371-47E9-A8E1-B4F98C3B2552.jpeg

    ‘प्रहरी कार्यालय संग निरन्तर छलफल गरिरहेका छौं । तर, प्रहरीले अझैं सम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायको लागि हामीले सार्वजनिक रुपमा दवाव सृजना गर्न थालेका छौं’राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भने,‘के कारणले हो अझैं सम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामिले थालेको संघर्ष न्यायको संघर्ष हो ।’ घटनाको सत्यतथ्य छानविन गर्न माग राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij