२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा १८.९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक अर्ब १४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

    गत वर्षको सोही अवधिमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी भने १५.२४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ब्याज आम्दानीबाट पाँच अर्ब ९१ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ब्याज आम्दानीबापत ६ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

    बैंकले तीन महिनाको अवधिमा दुई खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

    बैंकको कर्जा लगानी ६.१८ प्रतिशतले र निक्षेप संकलन १० प्रतिशतले वृद्धि भएको हो ।

    बैंकको सञ्चालन मुनाफा २६.५३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ९७ पैसा बढेर २४ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

    बैंकको खराब कर्जा भने ०.७९ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकको खराब कर्जा २.८४ प्रतिशत थियो भने चालु वर्षको सोही अवधिमा ३.६३ प्रतिशत छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij