२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन

प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन

प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन

प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन

प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • नवलपुर । तिहारमा लक्षित गरि आउने प्लाष्टिकका फूल र फूलमाला रोक्न कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेको पूजा सामग्री पसलहरुको अनुगमन गरेको छ । 


    तिहार नजिकिदै गर्दा प्लाष्टिकका मालाहरु बढी विक्री हुने र त्यसले स्थानीय स्तरमा उत्पादिन फूलका माला विक्री कम हुने भएकाले त्यसलाई रोक्न नगरपालिकाले अनुगमन गरेको हो । 


    नगरपालिकाले यस अघि सूचना नै जारी गरेर नगरपालिका भित्र कुनै पनि प्लाष्टिक जन्य फूल तथा फूलका मालाहरु विक्री वितरणमा रोक लगाएको थियो   । 

    received_1223246975795252.jpeg
    नगरपालिकाले सूचना नै जारी गरेर विक्री वितरणमा रोक लगाए पनि व्यापारीहरुले भने खुलम खुल्ला विक्री गर्न राखेको थियो । 


    अनुगमनको क्रममा आजकै मितिदेखि त्यस्ता प्लाष्टिक जन्य फूलका माला देखिए कारवाही गर्ने गरी सचेत गराएर छाडिएको कावासोती नगरपालिकाका अनुगमन शाखाका प्रमुख डा. टेकराज पौडेलले बताए । 


    अनुगमनको क्रममा म्याद नाघेका तेल, उत्पादिन मिति र कम्पनीको नाम नभएका मिठाइ प्रसाद, कुहिएका नरिवल जफल गरेर नष्ट गरिएको थियो । 


    आजबाट कावासोती नगरपालिकाले तिहार लक्षित गरेर बजार अनुगमन शुरु गरेको हो । अनुगमनमा सहभागी पर्यटन तथा घरेलु कार्यालय नवलपुरका प्रमुख टेकबहादुर मौनीले अनुगमनका क्रममा भेटिएका म्याद नाघेका र अखाद्य वस्तु नष्ट गरिएको तथा ट्याग लगाएका सामग्रीहरु मात्र विक्री गर्न सचेत गराइएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij