२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

फेरि घट्न थाल्यो आयात

फेरि घट्न थाल्यो आयात

फेरि घट्न थाल्यो आयात

फेरि घट्न थाल्यो आयात

फेरि घट्न थाल्यो आयात
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बुटवल । लामो अन्तरालपछि अघिल्लो महिनामात्रै बढेको आयात फेरि घटेको छ। भदौ मसान्तसम्म एक प्रतिशतले बढेको आयात असोज महिनामा उल्लेख्य कमी आएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको यसै अवधिको तुलनामा ४ प्रतिशतले आयात घटेको छ। असोजसम्म तीन खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ बराबरको सामान आयात भएको छ। गत वर्ष यसै अवधिमा चार खर्ब सात अर्ब ७५ करोड रूपैयाँ बराबरको आयात भएको थियो।

    भन्सार विभागका अधिकारीहरूले असोज महिनामा आएको बाढी पहिरो र यसपालि दसैं केही छिटो भएको कारण असोजको आयातमा प्रभाव पारेको बताएका छन्।

    'अघिल्लो वर्षका कात्तिकमा दसैं भएको कारण असोजमा तुलनात्मक रूपमा बढी आयात भएको थियो, यो वर्ष अलि छिटो दसैं पर्‍यो,' भन्सार विभागका निर्देशक मुक्ती श्रेष्ठले भने, 'असोज महिनामा आएको बाढी पहिरोको प्रभाव पनि आयातमा देखिएको हुनसक्छ।'

    असोजमा आएको बाढी पहिरोको कारण चीन तर्फका मुख्य दुई नाका तातोपानी र रसुवा प्रभावित भएका छन्। अहिले यी नाकाबाट आयात निर्यात ठप्प छ। चालु आर्थिक वर्षको तीन महिनामा निर्यात ६.११ प्रतिशतले घटेको छ।

    गत वर्ष यसै अवधिमा ४० अर्ब ८७ करोड रूपैयाँको निर्यात भएकोमा अहिले ३८ अर्ब ३७ करोड रूपैयाँ बराबरको निर्यात भएको छ। समग्र अन्तर्राष्ट्रिय व्यापार करिब १९ अर्ब रूपैयाँले घटेको छ। गत वर्ष तीन महिनामा चार खर्ब ४८ अर्ब रूपैयाँ बराबरको समग्र अन्तर्राष्ट्रिय व्यापार भएकोमा यो वर्ष चार खर्ब २९ अर्ब बराबरको भएको छ।

    निर्यातको तुलनामा आयतको हिस्सा बढी भएको र आयात नै घटेको कारण समग्र व्यापार घाटा पनि घटेको छ। अघिल्लो वर्ष तीन महिनामा तीन खर्ब ६६ अर्ब रूपैयाँ बराबरको वस्तु व्यापार घाटा रहेकोमा अहिले तीन खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij