२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

काम देखाउनुपर्ने बेला

काम देखाउनुपर्ने बेला

काम देखाउनुपर्ने बेला

काम देखाउनुपर्ने बेला

काम देखाउनुपर्ने बेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१

  • सरकार गठन भएको सय दिन बित्दै गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । १२ सदस्यीय लुम्बिनी मन्त्रिपरिषद्मा तीन जना मन्त्रीले बिहीबार सपथ लिएसँगै ११ सदस्यीय पुगेको छ । अब मन्त्रालयको नेतृत्वको अभावमा बजेट कार्यान्वयन गर्न समस्या भयो भन्ने गुनासो गर्ने प्रवृत्तिको अन्त्य भएको छ । मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तारलाई सुरुदेखि नै पहलकदमी लिएको भए पनि सत्ता घटक कांग्रेसको आन्तरिक कलहको व्यवस्थापन नहुँदा ढिलाइ हुँदै आएको थियो । आन्तरिक व्यवस्थापनसँगै कांग्रेस संसदीय दलका नेताले मन्त्रीको नाम दिएपछि आचार्यको पहल निष्कर्षमा पुग्यो ।
    अब युवा तथा खेलकुद मन्त्रालयमा मन्त्रीको टुंगो लाग्न बाँकी छ । यो मन्त्रालय सत्तामा सहभागी साना दललाई दिने समझदारी छ । यो मन्त्रालयको कामको बोझ धेरै नभएकाले पनि नेतृत्व नहुँदैमा समस्या पर्ने होइन् । मुख्यमन्त्रीले आफैँ यो मन्त्रालयको कामको संयोजन गर्ने भएकाले नेतृत्वको अभावको महशुस कर्मचारी संयन्त्रले गर्नुपर्ने छैन ।  कांग्रेस–एमाले दुई ठूला दलको बलियो गठबन्धन भएकाले यो सरकारप्रति नागरिकका आशा र अपेक्षा धेरै छन् । राजनैतिक स्थायित्व भएपछि मुलुकमा विकास र सुशासनको कामले गति लिन्छ । र, कांग्रेस–एमाले मिल्दा राजनैतिक स्थिरता कायम हुन्छ भन्ने मनोविज्ञान छ । ठूला दुई दल मिलेर स्थिरता दिने र त्यही जगमा विकास र सुशासनको बलियो आधार खडा गर्ने अवसर आएको छ । यो अवसरलाई भरपुर उपयोग गरी जनअपेक्षा पूरा गर्ने अभिभारा अहिलेको नेतृत्वमा आएको छ ।


    पुँजीगत खर्च नहुँदा त्यसले सरकारप्रति नागरिकको सकारात्मक धारणा बन्न सकिरहेको छैन । अबको प्राथमिकता पुँजीगत खर्च बढाएर विकासको प्रतिफल देखाउने हो । पुँजीगत खर्च बढाउन अहिलेदेखि नै प्रक्रियागत काम अघि बढाउन ढिलाइ गर्न हुन्न । पुँजीगत खर्च नहुँदा विकासको प्रतिफल नदेखिंदा नागरिकमा निराशा बढ्नु स्वाभाविकै हो । सुशासनका लागि सरकारले दिएको प्राथमिकताले नागरिकमा सकारात्मक सन्देश प्रवाह भएको छ । मन्त्रालय र मातहतका कार्यालयको चालु खर्चमा लगाम लगाइएको छ । मन्त्रीहरुलाई आचारसंहितामा बाँधिएको छ । कार्यक्रममा खादा, मालाको प्रयोग गरी तडभडक नगर्न मुख्यमन्त्रीले आग्रह गर्दै स्वंय कार्यान्वयनको पहलकदमी लिनु सकारात्मक छ ।


    सरकारमा मन्त्री आए । सुशासनको लागि पहलकदमी भएको छ । बजेटमा फजुल खर्चलाई नियन्त्रण गर्न पहल भएको छ । तर बजेट कार्यान्वयनका लागि पर्याप्त कर्मचारीको अभाव छ । प्रदेश सरकारलाई अहिले आवश्यक भनेको कर्मचारी हो । दरबन्दीअनुसार कर्मचारी नभएकाले पुँजीगत खर्च गर्न समस्या हुँदै आएको देखिन्छ । दरबन्दीअनुसार अहिले आधा कर्मचारी कार्यरत छन् । न्यून कर्मचारीको भरमा अपेक्षित नतिजा ननिस्कने भएकाले कर्मचारी व्यवस्थापन सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij