२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ठग बचाउन गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठ

ठग बचाउन गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठ

ठग बचाउन गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठ

ठग बचाउन गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • हिन्दु धर्मावलम्बीको ठूलो पर्व विजय दशमी (दसैं) सकिएको छ । अब फेरि अर्काे पर्व तिहार भाइटीका मुखैमा आइसकेको छ ।  त्यस्तै छठ समेत आउँदैछ । नेपालीहरुका लागि यी दुई महिना अर्थात् असोज–कात्तिक खुसियालीका महिनाहरु हुन्  । तर यसपालि भने दसैंको मुखमै परेको भारी वर्षा अनि त्यसबाट उत्पन्न ठूलो बाढी, पहिरो र डुबानले ठूलो धनजनको क्षति गरेकाले यी सबै पर्वहरु खल्लो महसुस भएको छ । अर्बाैं बराबरको हानी नोक्सानी भएको छ भने सयौं नागरिकहरुको मृत्यु अनि कैयौं नागरिक बेपत्तामा परेका छन् । त्यसैले यी सबै चाड पर्वको खुसी र उत्साह अनि रमझमभन्दा धेरै जसो जनताहरु दुःखमा नै दिन बिताउन बाध्य भएका छन् । 


    निश्चय नै कुनै पनि प्राकृतिक प्रकोप पूर्व जानकारी गराएर वा कतिपयले भन्ने गरेको पहिले नै बाजा बजाएर आउँछ भन्ने होइन । यस्तै भाषा हाम्रा प्रधानमन्त्री केपी ओलीले पनि अमेरिका भ्रमणबाट फर्के लगत्तै बडो आक्रोसका साथ बताए । जसको चौतर्फी आलोचना भयो । गर्नेलाई भन्दा देख्नेलाई लाज । त्यस्ता लाज श्रम नभएकालाई के भन्ने के नभन्ने चुप लागि बस्दा नै राम्रो । सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ता र यसका शासक जो कुनैले पनि भन्ने र गर्ने भनेकै यो हो । रोम जलिरहँदा त्यहाँको तत्कालीन शासक बादशाह निरो गीत संगीतमा रमाइरहेको उदाहरण नै यसमा काफी छ । सामान्य त तत्काल व्यवहारिक रुपमा त्यस्तो उद्धार गर्न नसकिए पनि त्यसप्रति दुःख व्यक्त गर्नु, त्यस्तो दुःख सास्तीमा आफू प्रत्यक्ष उपस्थिति हुन नसकेकोमा क्षमायाचना गर्नु त कहाँ हो कहाँ उल्टै यस्तो गुनासो गर्नेहरुलाई यस्तो ओठे जवाफ फर्काउने शासकमा देखिएको यो अमानवीय व्यवहारले सबैलाई निराश पारेको छ ।


    यस्तो कुरा र व्यवहार हाम्रा प्रधानन्त्रीको मात्रै होइन यहाँका अरु मन्त्री अनि प्रदेश र स्थानीय निकायका मन्त्री शासकहरुमा पनि देखियो । यतिसम्मकि नख्खु खोलामा अलपत्र परेकाहरुलाई तत्काल उद्धार गर्नु पर्नेमा स्वयं गृहमन्त्रीले त्यो गर्न नसकिएको लाचारिता प्रदर्शन गरे । राजधानीमा जहाँ हजारौं सेना–पुलिस उद्धारकर्मीको उपस्थितिमा समेत सरकारका गृह मन्त्रीको यो लाचारीपनले गर्दा यहाँ सरकार भए नभएको कुनै महसुस गर्न सकेनन् ।  त्यहाँका जनताले बरु एक युवाले त्यो गृहमन्त्रीको लाचारीपनलाई चुनौती दिँदै दुई जनालाई उद्धार गर्ने हिम्मतलो साहसले नेपालको सरकार सेना पुलिस सबैको शिर झुकेको छ । भन्नलाई तीन तहको सरकार भनियो, तर जनताको उद्धारमा यी सबैको लापरबाहीले जनतामा झन् निराशा बढेर गएको छ । संघीयताको नाममा बनाइएको प्रदेश सरकार त जनताका लागि धेरै पहिलेदेखि नै घाँडो, राजस्व सक्ने मात्र निकाय भन्ने सबैको बुझाइ नै छ । त्यसको के आशा ? केही आशा स्थानीय निकायप्रति थियो । तर यसमा भने त्यो निकाय पनि बेकम्बा रमिते भइबस्यो । सबैको आशाको केन्द्र भन्ने काठमाडौंका मेयर बालेन शाह, धरानका हर्क साम्पाङ अनि धनगढीका गोपी हमाल आदिहरुको पनि हालत त्यस्तै देखियो । सुकुम्बासी हटाउन घर भत्काउन, सडक पेटीमा बस्ने खुद्रा व्यापारीहरुलाई मिनेटभरमा हटाउन उर्दी गर्ने मेयर बालेन्द्र शाहको कथित जन विकासलाई पनि यसले उदाङ्गो पारिदिएको छ । आखिरीमा जस्तो राज्य सरकार त्यस्तै शासक बन्नु स्वाभाविक नै छ । 


    एकातिर नेपाली जनता बाढीपहिरो, डुबानकै कारण देशको ठूलो चाडपर्व (दसैंं) को खुसियाली र रमझमबाट विमुख भइरहेकै बेला हाम्रा पूर्व दरबारिया शासक राजा ज्ञानेन्द्र भने भुटान भ्रमणमा गए ।  उनी त्यहाँ किन र के का लागि गए ? त्यो कसैलाई थाहा नै छैन । अहिलेसम्म सबै मौन छन् । खाली थाहा भयो त्यहाँ भुटानका राजाले उनलाई राजकीय स्वागत र सम्मान गरेको पाइयो । यतिसम्मकी उनलाई त्यहाँका राजाले उनलाई यहाँका पूर्व राजा समान हिज मेजेस्टकी किंगसम्म भनी उनको सम्बोधन गरियो । तर त्यसप्रति यहाँका शासक, दल नेताहरुको कुनै चासो नै देखिएन । सरकारले कमसेकम त्यसप्रति केही चासो देखाउँदै भुटानका राजदूत मार्फत भुटानका राजालाई यसप्रति सचेत पार्दै भन्नुपर्ने हुन्थ्यो– ज्ञानेन्द्र अब नेपालका राजा नभई जनता भइसकेका छन् । तर यो भन्ने र गर्ने आँटसमेत यसमा नेपाल सरकारले गर्न सकेन, दुःखद छ । 


    केही दिन पहिले मैले यही दैनिक पत्रिकामा प्रचण्ड–ज्ञानेन्द्र गोप्य भेटवार्ताको केही कुरा लेखेको थिएँ । नभन्दै यसैलाई पुष्टि हुने गरी पछि प्रचण्डले ज्ञानेन्द्र निकटस्त राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रसँग आफ्नै निवासमा घन्टौं भेटवार्ता गरेको कुरा बाहिर आयो । यसलाई पुष्टि गर्दै स्वयं रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड राजा ज्ञानेन्द्र र राजतन्त्रप्रति अलि बढी सकारात्मक र लचिलो भएको बताएका थिए । प्रम ओली र नेका सभापति देउवाप्रतिको बढ्दो आक्रोशले आफू मरे भूतै राजा भने जस्तै कतै प्रचण्डको यो राजा र दरबारसितको सम्बन्ध विस्तारै पुष्टि हुँदै जान थालेको छ । 


    यता फेरि ओली–देउवा पनि यस्ता कुराले किन ज्ञानेन्द्र र उनको आसेपासे पञ्चे–दरबारियाहरुलाई चिडाउने ? चुप लागि बस्दा नै वेश हुनेमा देखिएका छन् । अझ भुटानका राजालाई यसमा झन बढी किन चिडाउने ? भुटानका राजा भारतकै ललिपप राजा । भारतकै पालित–पोषित र संरक्षित राजा । भारतकै सेनाको संरक्षणमा आश्रित राजा । यस्ता राजाको यसमा विरोध गर्दा भारत नै चिडिन सक्ने हुनाले नेपाल सरकार र नेपाली दल नेता (ओली–देउवा–प्रचण्ड) सबै मौन । तर नेपालका आम गणतन्त्रवादी दल र दल नेता र जनताहरुले भने यसको विरोध गर्नै पर्ने हुन्छ । नत्र भने नेपाल ढिलो चाँडो सिक्किम नबने पनि भुटान चाहिँ बन्ने नै देखिन्छ । देशमा स्थापित धर्म निरपेक्ष र लोकतान्त्रिक गणतन्त्रको विरुद्ध देशी तथा विदेशी तत्वहरु सल्बलाउन थालेका छन् । स्वयं आजका यी कथित गणतन्त्रवादी दल (ने.का. एमाले र माओवादी) र यसका नेताहरु समेतको यो विवादास्पद गतिविधिले पुनः देशमा राजतन्त्र फर्कने पो हो कि ? होसियार र सावधान गणतन्त्रवादी आम नेपाली जनता !


    यी उल्लेखित विषयका अलवा अहिले देशमा सहकारी रकम ठग रवि लामिछाने प्रकरणको चर्चा व्यापक छ । घण्टी पार्टीका सभापति रवि लामिछानेको बारेमा पहिले नै धेरै पटकपटक भन्दै आइएको छ । संग्दिध चरित्र भएको व्यक्ति जसका कुकृतहरु यसभन्दा पहिले पनि बाहिरिसकेका छन् । अझ यस्ता अनेकौं कुकृतहरु विस्तारै खुल्दै जानेछन् । जहाँसम्म अहिले सहकारी रकम ठगी काण्डमा उनी पुलिस हिरासतमा थुनिएका छन् । सर्वपक्षीय संसदीय छानविन समितिको रिपोर्टको आधारमा उनलाई अहिले गिरफ्तार गरिएको छ । यसमा उनी मात्रै होइन अर्का उनका सहयोगी पाटनर छविलाल जोशी पनि गिरफ्तारीमा छन् । तर अहिले छविको भन्दा पनि रविको चर्चा बढी छ । उनी सम्बन्धित दल रास्वपा अहिले उनकै पक्षमा आन्दोलित छ । सदा यस्ता जुनसुकै कार्यक्रममा घण्टी बजाउँदै हिंड्ने उक्त दलका नेता कार्यकर्ताहरु अहिले नेपाली झण्डा मात्र  उठाउँदै आन्दोलनमा देखिएका छन् । अझ अचम्म ठग रवि पोखरा प्रहरी ठानामा यता बाहिर ठगका मतियारहरु ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्ने गीत गुन्जाउँदै शहर परिक्रममा गरिरहेका छन् । जुन हिजो गीत माले–एमालेले क्रान्ति र विद्रोहका लागि गाउँदै हिँड्थे । कहीं नभाको जात्रा हाडी गाउँमा भने जस्तै ठग रवि लामिछानेलाई बचाउन त्यो पहिलेको कम्युनिष्टहरुको प्रसिद्ध गीत संगीतलाई यिनीहरुले भजाउँदै हिडिरहेका छन् ।


    त्यस्तै यी रवि लामिछानेका दलाल नेता कार्यकर्ताहरुले त्यहाँ सहकारी पीडितहरुको आँखामा छाहारो हाल्न उनीहरुको पक्षमा पनि नारा लगाउँदै हिंडिरहेका छन् ।  अझ त्यहाँ कतिपय दलाल नेताहरुले अब सहकारी पीडितहरुको यो समस्या समाधानको नेतृत्व नै ठग रविले नै गर्ने उद्घोष गर्दै छन् । विरालाका हात सिद्राको नासो कस्तो अचम्म ? गर्नेलाई भन्दा अरु देख्ने र सुन्नेलाई लाज । जे होस् वर्तमान यो सरकारका धेरै अवगुण भए पनि यो सहकारी ठगी प्रकरणमा रवि लामिछानेजस्ता ठग पूर्व गृहमन्त्री र सभासदलाई समेत गिरफ्तार गरी यो सहकारी रकम ठगी प्रकरण समस्यालाई समाधान गर्ने जुन प्रयत्न गरेको छ, सकारात्मक छ । तर यससँग सम्बन्धित यस्ता सबै ठगहरुलाई यसरी नै गिरफ्तार गरी कारबाही चलाउन भने पछि पर्नु हुन्न । चाहे ती कांग्रेसी हुन वा चाहे ती माले–एमाले–माओवादी जोसुकै हुन सबैलाई यसरी नै गिरफ्तार गरी कारबाही गरी सहकारी पीडित सबैको न्यायोचित राहत दिलाउन सक्नु पर्दछ । 


    निश्चय नै यो लहरो तान्दा पहरो नै भत्के जस्तै यसको लहरो घण्टी पार्टीमा मात्रै होइन स्वयं कांग्रेस–एमाले र माओवादी व्यक्तिगत रुपमा भन्दा देउवा—ओली र प्रचण्डसम्म पुग्ने देखिदैछ । हालै मात्र यो ठग रवि प्रकरण राष्ट्रपति कार्यालयदेखि प्रहरी मुख्यालयसम्म पुगेको सुनिदैछ । यो ठगी प्रकरणका मुख्य योजनाकार जिवी, रवि र छवि अनि त्यसका मुख्य कानुनी सल्लाहकार वर्तमान राष्ट्रपति कार्यालयका कानूनी सल्लाहकार बाबुराम कुँवर हुँदै उनका भाई वर्तमान प्रहरी प्रमुख आइजीपी बसन्त बहादुर कुँवरसम्म पुगेको चर्चा छ । रविलाई जोगाउन स्वयं प्रम केपी ओली सदनमा लागि परेको, त्यस्तै प्रचण्ड त अहिले पनि रविको सति गएको सर्वविदितै छ । त्यसैले अन्त्यमा यो प्रकरण पनि कतै हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै त हुने होइन ? यसमा आम सहकारी पीडित जनसमुदाय सबै सचेत हुनुछ ।  न्यायका लागि विद्रोह गर्नु जनताको अधिकार हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij