२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाङमा बोलेरो गाडी दुर्घटना, दुई जनाको मृत्यु

दाङमा बोलेरो गाडी दुर्घटना, दुई जनाको मृत्यु

दाङमा बोलेरो गाडी दुर्घटना, दुई जनाको मृत्यु

दाङमा बोलेरो गाडी दुर्घटना, दुई जनाको मृत्यु

दाङमा बोलेरो गाडी दुर्घटना, दुई जनाको मृत्यु
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१

  • दाङ। दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत शनिवार विहान करिव साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

    प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ बर्षीय सुरेश खड्काको मृत्युभएको छ । 

    त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षीय देवा वली, उहाँ छोराहरु १३ बर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

    प्रहरीका अनुसार गाडीदेखि तीन सय मिटर तल खसेको छ । गाडी सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij