२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डेंगु महामारी फैलिन नदिन सचेत बनौं

डेंगु महामारी फैलिन नदिन सचेत बनौं

डेंगु महामारी फैलिन नदिन सचेत बनौं

डेंगु महामारी फैलिन नदिन सचेत बनौं

डेंगु महामारी फैलिन नदिन सचेत बनौं
बिहिवार, आषाढ ७ २०८१
बिहिवार, आषाढ ७ २०८१
  • देशका ७२ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रका अनुसारविगत ६ महिनामा ७२ जिल्लाबाट एक हजार २ सय ४१ जनामा डेंगु पुष्टि भएको छ ।


    डेंगु पहिले तराईका जिल्लामा बढी देखिंदै आएकोमा अहिले पहाडका ग्रामीण बस्तीमा देखिन थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट सबैभन्दा बढी काठमाडौँ उपत्यकामा संक्रमित छन् । काठमाडौँमा १४१ मा डेंगु संक्रमित भएको बताइएको छ । डेंगु शहरी क्षेत्रमा बढी देखिनु कारण शहरमा डेंगु सार्ने लामखुट्टेको सुरक्षित बसाइ छ भन्ने हो । डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्ने ठाउँमा फूल पार्छ । कुलर, फ्रिज, फुलदानी जस्ता ठाउँमा जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेले फूल पार्छ । सहरमा असरल्ल छाडिएका टायरमा जमेको पानी लामखुट्टेका लागि उपयुक्त बासस्थान हुन्छ । दुई वर्ष अघि बुटवलमा  सबैभन्दा बढी डेंगुका बिरामी मैनाबगर क्षेत्रका थिए । त्यसो हुनुको कारण हो, मैनाबगर क्षेत्र ग्यारेज क्षेत्र हो, जहाँ टायर, टिनका डब्बाहरु असरल्ल छाडिएका छन् ।


    डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीअरु बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुने यसको प्रमुख लक्षण हुन् । बिरामीका लक्षण देखिएपछि  बेवास्ता नगरी डाक्टर कहाँ जानुपर्छ ।


    डेंगु लामखुट्टेको जोखिम वर्षायाममा धेरै हुने भएकाले अब अझँै चनाखो हुनुपर्छ । बिरामीको चाप बढ्दा अस्पतालहरुमा शैयाको अभाव हुने र रगतको अभाव हुने जोखिम छ । त्यसको पूर्व तयारीमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ । स्थानीय तहले खोज र नष्ट गर अभियान निरन्तर चलाएर संक्रमण न्यूनीकरण गर्न सक्छन् । समुदाय परिचालन गरेर अभियानलाई प्रभावकारी बनाउन सकिन्छ । महामारी फैलिनु पूर्वको तयारी प्रभावकारी बनाउन सक्दा नियन्त्रण गर्न सकिन्छ । हामी कहाँ समस्या चुलिएपछि समाधानको उपाय खोज्ने प्रवृत्ति छ । जसले समस्या समाधान गर्ने भन्दा समस्या झन  बल्झाउँछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij