२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रिय स्क्राबल प्रतियोगितामा चितवनका अर्नभ प्रथम तथा सुनवल युनाइटेडकी विनिता दोस्रो र छात्रातर्फ नेपाल प्रथम

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • गुल्मी । नेपाल स्क्राबल कमिटिद्धारा कार्तिक ९ र १० गते गुल्मी जिल्लामा सम्पन्न दशौ राष्ट्रीय स्क्राबल प्रतियोगितामा सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि सुनवल – ४, नवलपरासीकी छात्रा बिनिता बर्मा  छात्रा तर्फ नेपाल प्रथम र समग्रमा नेपाल दोस्रोको उपाधि हासिल गर्न सफल भएकी छन् ।

    प्रतियोगितामा देशभरबाट १९ जिल्लाका ७८ जना विद्यार्थीहरु बीच प्रस्तिस्पर्धा भएको थियो । प्रतियोगितामा चितवनका अर्नभ पाण्डे प्रथम र मकवानपुरका प्रसिद्ध तिमिल्सिना  तेस्रो भएका छन् । 
    २०८१ साल असोज ३ गते प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्लास्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै बिनिता बर्मा राष्ट्रीय प्रतियोगितामा सहभागी भएकी हुन् । नेपाल स्क्राबल क्लबले विभिन्न जिल्लाहरुमा विद्यालय संख्याको आधारमा जिल्ला स्तरीय प्रतियोगितामार्फत राष्ट्रीय प्रतियोगिताको लागी सहभागी खेलाडीको कोटा निर्धारण गरे अनुसार खेलाडीको सहभागिता रहेको हुन्छ ।

    सुनवल युनाइटेड स्कुलका विद्यार्थीहरुले वि.स २०७९ सालदेखी स्क्राबल प्रतियोगितामा आफ्ना विद्यार्थीहरु सहभागी गराउँदै जिल्ला, राष्ट्रीय र अन्तराष्ट्रीय स्तरमा सफलता हात पारिरहेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताए । यो प्रतियोगितामा सफल भएसँगै छात्रा विनिता बर्मा जनवरी २०२५ मा  काठमाडौँमा हुने पाँचौ अन्टराष्ट्रीय स्व्रmाबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छिन् ।  साथै केहि दिन पछि नोभेम्बर १० देखी १२ सम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एसिया कप स्क्राबलमा पनि विद्यार्थी बर्माको सहभागिता हुने प्राचार्य चापागाईले बताए । 

     स्क्राबल प्रतियोगिताले विद्यार्थीहरुमा खेलको माध्यमद्धारा नयाँ नयाँ शब्दहरुको खोजि गर्ने , चिन्तन गर्ने र शब्द भण्डार बृद्धि गर्ने कलाको विकास गराउने हुँदा यसले विद्यार्थीहरुको शैक्षिक अब्बलता पनि तिब्र रुपमा बृद्धि गराउंछ । यो खेल ए देखी जेड सम्मका अंगे्रजी अक्षरहरुको माध्यमद्धारा बोर्डमा नयाँ र स्कोर बढी प्राप्त गर्ने शब्दहरु निर्माण गर्दै २ जना खेलाडीहरु बिच समय सिमा निर्धारण गरि खेलाउने गरिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij