२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री आचार्य

बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री आचार्य

बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री आचार्य

बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री आचार्य

बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत बर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरु संग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिए । 

    संघीय सरकारले वित्तिय समानिकरण अनुदान नपठाउदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे ।

    ‘संघीय सरकारले पठाउनुपर्ने अनुदान पठाएन । त्यसले भुक्तानीको दायित्व थप्यो । त्यसमा पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा पनि अप्ठ्यारो भएको हो’उनले भने ,‘सरकारले बहुबर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिसकेको छ । समस्या भएको भनिएको साल वसाली र सम्पन्न भएक योजनाको हो ।’ 

    निर्माण व्यवसायीले इमानदारी भएर काम सम्पन्न गर्नुपर्ने, समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई कानुन अनुसार दण्डित गरिने बारेमा समेत स्पष्ट पारे ।

    संघीय सरकारले गत बर्ष दुई अर्ब १० करोड समानिकरण अनुदान नपठाउदा समस्या परेको छ । योजना कार्यान्वयन गरेको आधारमा जेठ महिना भित्र भुक्तानी लिन समेत आग्रह गरे ।

    ‘काम सम्पन्न गर्नु भएको छ । तर, भुक्तानी लिन किन असार २५ गतेनै कुनुप¥यो ?’ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवासायीहरुले भोगेका समस्याहरु समाधान गर्नेगरी प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । भुक्तानी रोकिएको बारेमा ध्यानाकर्षण गराउदै छिटो भुक्तानीको लागि आग्रह गरे ।

    नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरु संग मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, कृष्ण पौडेल लगायतले छलफल गरेका थिए ।

     

    लुम्बिनी प्रदेशमा निर्माण सामाग्रीको गुणस्तरीय परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकार र निर्माण व्यवसायसीको संयुक्त लगानीमा प्रयोगशाला स्थापना गरिएको छ ।

    यो प्रयोगशाला सरकारी र निजि क्षेत्रको साझेदारीमा सञ्चालनको योजना बनाइएको छ । निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रदेश स्तरीय प्रयोगशाला भालुबाङमा स्थापना गरिएको छ । जसमा प्रदेश सरकारको एक करोड र निर्माण व्यवसायी महासंघको ९० लाख लगानी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij