२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाह्रकुने दहलाई पर्यटन सर्किट संग जोड्ने योजना

बाह्रकुने दहलाई पर्यटन सर्किट संग जोड्ने योजना

बाह्रकुने दहलाई पर्यटन सर्किट संग जोड्ने योजना

बाह्रकुने दहलाई पर्यटन सर्किट संग जोड्ने योजना

बाह्रकुने दहलाई पर्यटन सर्किट संग जोड्ने योजना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य दाङको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दह पुगेका छन ।

    लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुगेका हुन ।

    d27bb591-d674-4cd8-a6ab-ff6b8e6ab471.jpg

    स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरु संग समेत मुख्यमन्त्री आचार्यले छलफल गर्नु भएको छ । घोराही उपमहानगरपालिका–१३ मा बाह्रकुने दह रहेको छ । यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको भनाई छ ।

    सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुना दहको रुपमा रहेको छ । यो धार्मिक एवम् पवित्र स्थल पनि हो । यहाँ माघेसङ्क्रन्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।

    62a6c3d4-215f-43d8-b638-454689d2bac9.jpg

    मुख्यमन्त्री आचार्य सहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा, पूर्व स्वास्थ्य मन्त्री राजु खनाल लगायतको सहभागिता रहेको छ ।

    2297144b-ee10-45da-95f8-69427f9c4a4f.jpg

    लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ ।

    de0bc4fd-7073-4a9d-a363-a4df9b46b630.jpg

    लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्‍याउने र धेरै दिनको भ्रमण गराउनेगरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।

     

    f131d8bc-4a65-4cc4-95fc-cfd1cec677ce.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij