२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रेडक्रस पाल्पाले ब्लड बैक चलाउंदै

रेडक्रस पाल्पाले ब्लड बैक चलाउंदै

रेडक्रस पाल्पाले ब्लड बैक चलाउंदै

रेडक्रस पाल्पाले ब्लड बैक चलाउंदै

रेडक्रस पाल्पाले ब्लड बैक चलाउंदै
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • पाल्पा । नेपाल रेडक्रस सोसाईटी पाल्पाले तानसेनमा छिट्टै ब्लड बैक संचालनको तयारीमा जुटेको छ । रेडक्रस पाल्पाले छिटो भन्दा छिटो ब्लड बैक संचालनको लागी आफ्नै कार्यालयमा ल्याव निर्माण गरिसकेको छ भने आवश्यक उपकरण खरिदको लागी  पक्रिया अगााडी बढाएको छ ।  व्लड बैकको स्थायी भवन निर्माणको लागी शहरी विकास मन्त्रालय बाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालय बाट उपकरण खरिदको लागी ५० लाख रुपैया बजेट विनियोजन भएको छ । 

    पाल्पामा ४ वटा ठूला अस्पतालमा सधैंं रगतको अभावले बिरामीलाई परेको समस्या समाधानका लागी बर्तमान कार्यसमिती सक्रिय भएर लागिरहेको छ । पाल्पामा  हाल वार्षिक ४ हजार युनिट रगतको आवश्यकता  पर्ने भएकोले कार्यसमिति ‘हाम्रो ब्लड बैंक हामी बनाउँछौं’ अभियानमा लागेको रेडक्रस पाल्पाका सभापती बाबुराम कार्कीले बताए ।  

    सहयोग रकम जुटाउन रेडक्रस पाल्पाले यशस्कर र बिशिष्ट सदस्यता वितरण गर्दै आएको छ । हालसम्म यशस्कर सदस्यबाट ६ लाख रुपैया र विशिष्ट सदस्यहरु बाट २२ लाख रुपैया, स्मृतिकोष बाट ७ लाख रुपैया, विभिन्न संघ संस्था बाट ६ लाख ८० हजार रुपैया, देशबाहिर काम गर्न गएका विभिन्न व्यक्तिहरुको संघ संस्था बाट ३ लाख ९५ हजार गरी ४४ लाख ७५ हजार रुपैया नगद संकलन भएको सभापती कार्कीले जानकारी दिए । 

    ब्लड बैक संचालनको लागी ५ करोड ७५ लाख रुपैया बजेट आवश्यक भएकोमा भवन निर्माण तथा सामाग्री खरिदको लागी २ करोड ३ लाख रुपैया सरकारी स्तर बाट र विभिन्न सहयोग बाट ४४ लाख ७५ हजार नगद मात्र संकलन भएको रेडक्रस पाल्पाले जनाएको छ ।

    सरकारी तथा गैरसरकारी तवर बाट गरी २ करोड ४७ लाख ७५ हजारको मात्र श्रोत सुनिश्चित भएकोमा अझै आधा भन्दा धेरै रकम संकलन गर्नुपर्ने भएकोले सबैपक्ष बाट ब्लड बैक संचालनको लागी सक्दो सहयोग गरिदिन रेडक्रस पाल्पाले अनुरोध गरेको छ । संस्थाले ३ करोड रुपैया मुद्दती गरेर कर्मचारी र प्रशासनीक खर्च संचालन गर्ने योजना बनाएको छ । 

    भवन निर्माणको लागी पाल्पा लायन्स क्लव अफ पाल्पाले भुसालडाडा क्षेत्रमा निशुल्क जग्गा प्रदान गरेको छ । पाल्पाका ८ गाउँपालिकाले ५ लाखका दरले ४० लाख रुपैया, २ वटा नगरपालिकाले १० लाख रुपैयाका दरले २० लाख रुपैया अनुदान सहयोग गर्ने प्रतिवद्धता जनाएको रेडक्रस पाल्पाका पुर्व सभापती बुद्धि प्रसाद शर्माले बताए । ब्लड बैक लाई सहयोग गर्नु भनेको हरेक व्यक्तिको जिवन बचाउन गरिएको महापुन्य कार्य भएकोले सबैपक्ष लाई सहयोगमा जोडिन पुर्व सभापती शर्माले अनुरोध गरे ।

    कार्यक्रममा पत्रकारहरुले रेडक्रसले संचालन गरेको महाअभियान निकै राम्रो भएकोले यसलाई सफल बनाउन पत्रकारहरुको पनि भुमिका  रहेको बताए ।  पत्रकारहरुले उठाएका विभिन्न जिज्ञासाहरुको सभापती कार्की, पुर्व सभापती शर्मा र उपाध्यक्ष भिमसेन कार्कीले जवाफ दिएका थिए । आगामी ३ महिना भित्र ब्लड बैक संचालन गर्ने  तयारीका काम भईरहेको रेडक्रस पाल्पाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij