गुल्मी । गुल्मीमा जिउँदो गाईको मासु काटेको आरोपमा एक जना युवक पक्राउ परेका छन। जिल्लाको गुल्मीदरबार गाउँपालिका १, बलिथुम कुमाल गाउँका २७ बर्षिय डोलबहादुर कुमाल पक्राउ परेका हुन।
गत असोज २२ गते गाई काटेर मासु खाए , बेचेको आरोपमा मजुवा प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा हिजो पठाएको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।
‘ निजलाई यहाँ ल्याई सोधपुछ भईरहेको छ , अरु थप मानिसहरु पनि गाई काट्ने घटनामा संंलग्न छन् कि भन्ने बिषयमा पनि बुझ्ने काम भई रहेको छ , –एसपी भुजेलले भने ।
गुल्मीदरबार गाउँपालिका १ का वडाध्यक्ष राजेन्द्र कँडेलका अनुसार मजुवाको प्रहरीले निजको गोठ–मल्खातोबाट गाईको टाउँको, खुट्टा र छाला बरामद गरेको छ । ‘ म कहाँ त्यस्तो सुचना आए पछि मैले प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरे पछि गाईको उक्त अंगहरु फेला परेको हो ।
छिमेकी एक महिलाले अर्कैको बाट गत ८/९ बर्ष देखि पाल्न ल्याएको बताएकी छन , वडाध्यक्ष कंडेलले भने – निजले बोल्न नसक्ने एक जना मान्छेलाई प्रयोग गरी ति महिलाको गोठबाट गाई चोरेर आफ्नो गोठमा ल्याई काटेको बुझिएको छ । ’
‘सुरुमा डोलबहादुरले बोल्न नसक्ने ति मानिसलाई निजले मारेर काटेको हो भनेर आरोप लगाए पछि पछि उ आफैले मारेर काटेको स्वीकार गरेको छ, –वडाध्यक्ष कँडेलले यस्तो बताए।




