२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मौलिकता जोगाउने अवसर

मौलिकता जोगाउने अवसर

मौलिकता जोगाउने अवसर

मौलिकता जोगाउने अवसर

मौलिकता जोगाउने अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • पारिवारिक मिलन र प्रकृति पूजाको पर्व तिहार नेपालीको घरआँगनमा भित्रिएको छ । भाइटिकाले दिदी भाइबीचको सम्बन्धलाई जोड्छ । यो पर्वमा कुकुर, काग, गाई र गोरुको पूजा गरेर पशुप्रति सम्मान गरिन्छ । मानव समाजका लागि महत्वपूर्ण योगदान दिएका ती पशुप्रतिको पूजा समग्र प्रकृतिप्रतिको पूजा हो ।


    नेपाली समाजमा  चाडपर्वले पारिवारिक मिलन र सामाजिक सद्भावका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सुत्रमा बाँधेर गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् । तिहार पर्व नेपाली समाजको मौलिक पर्व हो । यसले पारिवारिक स्नेह, प्रेम र भातृत्व बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहार पर्वको मौलिक पक्षलाई ध्यान दिँदै अघि बढ्न सक्दा यो पर्वको सांस्कृतिक महत्व अझै स्थापित हुनेछ । समाजमा बढ्दो उपभोक्तावादी  प्रवृत्ति र चिन्तनले चाडपर्वको मौलिक पक्ष हराउँदै जान थालेका छन् । तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्तालाई अमू्ल्य उपहार हुनेछ । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृतिबाट मुक्त गर्दै मनाऔं । बढ्दो तडकभडक र विकृतिपूर्ण क्रियाकलाप रोक्न  राज्यलाई सहयोग गरौं । सामाजिक मूल्य मान्यतालाई जोगाउँदै मौलिक ढंगले चाडपर्व मनाऔं । 


    प्रकृतिको दोहनले मानव समाज नै संकटमा पर्दै गएको छ । आज नेपाली समाजमा गाईलाई दूध दिउञ्जेल पाल्ने र थारो भएपछि सडकमा छाड्ने प्रवृत्ति मौलाएको छ । यो प्रवृतिले हाम्रो खेतीपाती र जीवन प्रणालीलाई संकटमा धकेलेको छ । तिहारमा पूजा गरिने गाई राष्ट्रिय जनावर पनि भएकाले पर्वमा पूजा गर्ने मात्र नभई सधैं सम्मान गर्नुपर्छ भन्ने चेतनाको विकास समाजमा विस्तार हुनुपर्छ । काग प्रकृतिको कुचीकार हो, कुनै बेला नेपाली समाजको सन्देशवाहक पनि मानिन्थ्यो । आज कागको जीवन संकटमा पर्दैै गएको छ । कुुकुर हाम्रो सुरक्षा गर्ने जनावर हो । यी पशुपंक्षीको पूजा हुुनुको अर्थ समाजमा प्रकृतिलाई जोगाउनुपर्छ, प्रकृतिमा सबै बाँच्न सक्दा मात्रै मानव समाज गतिशील हुन सक्छ भन्ने सन्देश हो ।


    पर्वमा खानपिन र तडकभडक मात्रै गर्नुको साटो मौलिकता जोगाएर नयाँ पुस्तालाई सन्देश दिनसक्नुपर्छ । तिहारको मौलिकता जोगाउने अवसरको रुपमा यो पर्वलाई मनाऔं । तिहार पर्वको सबैमा शुभकामना !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij