२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्रीको प्रतिवद्धता

पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्रीको प्रतिवद्धता

पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्रीको प्रतिवद्धता

पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्रीको प्रतिवद्धता

पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्रीको प्रतिवद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • लुम्बिनी प्रदेश पर्यटनबाट प्रशस्त लाभ लिन सकिने राम्रो सम्भावना भएको प्रदेश हो ।  प्रदेशका पहाडी जिल्लाहरुमा प्रशस्त हिल स्टेशनहरु छन् जुन भारतीय पर्यटक आकर्षित गरी विदेशी मुद्र आर्जन गर्ने सजिलो माध्यम हुन सक्छन् । लुम्बिनी प्रदेशसंग जोडिएको भारतको उत्तर प्रदेशमा २४ करोड जनसंख्या छ । बिहार पनि नजिकै छ । भारतका ती प्रदेशमा लुम्बिनी प्रदेशमा जस्तो पहाडी इलाका, हरियाली, डांडाकांडा र मनोरम दृश्यहरु विरलै छन् । जसले गर्दा भारतीइ पर्यटकहरु नेपालका हिल स्टेशनहरुमा आउन र रमाउन लालायित छन् । 


    हुन त प्रदेशका अहिलेका मुख्यमन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गरेपछिका विभिन्न सार्वजनिक कार्यक्रममा प्रदेशको समृद्धिको आधार पर्यटन, कृषि र उद्योग हुन् भन्दै आएका छन् । 
    मुख्यमन्त्रीले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न मन्त्रीपरिषद्का बैठक तथा गोष्ठी सेमिनारहरु हिल स्टेशन सहितका पर्यटकीय स्थलमा राख्ने योजना रहेको पनि बताउंदै आएका छन् । सोमवार पनि लुम्बिनी केवलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरु हिल स्टेशनमा बनेका केबलकार सहित प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्ने गरी सरकारले योजना बनाएको बताए ।मुख्यमन्त्रीले निजी लगानीमा बुटवलमा बनेका प्रदेशकै पहिलो लुम्बिनी केबलकार र उद्घाटन हुन बांकी सिद्धार्थ केबलकारको दीगो सञ्चालनका लागि भारतीय पर्यटक भित्राउन आवश्यक रहेकोमा पनि जोड दिएका छन् । भारतीय पर्यटक भित्राउन  प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसंग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यको भनाई छ । मुख्यमन्त्रीको यो भनाई केवल सार्वजनिक खपतका लागि नभएर सांच्चिकै भारतका दुई प्रदेशसंग व्यवहारमा कार्यान्वयन गर्ने हो भने ठूलो संख्यामा भारतीय पर्यटक भित्राउन सम्भव छ । 


    पर्यटकीय पुर्वाधारमा निजी क्षेत्रले ठूलो लगानी गरेकाले त्यसबाट प्रतिफल प्राप्त गर्न सरकारले निजी क्षेत्रसंग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको मुख्यमन्त्रीको प्रतिवद्धता पनि व्यवहारमा कार्यान्वयनको अपेक्षामा निजी क्षेत्र रहेको छ । 
    पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको बसन्तपुर, पाल्पाको रानीमहल, स्वर्गद्वारी लगायतका महत्वपूर्ण स्थलहरुमा घुम्तीरुपमा मन्त्रीपरिषद्को बैठकहरु राख्ने योजनामा रहेको मुख्यमन्त्रीको भनाईले पर्यटन व्यवसायीमा आशा पलाएको छ । 


    मुख्यमन्त्री आचार्यले आफूले बोलेका कुरा व्यवहारमा लागु गराउने हो भने यसले सांच्चिकै प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा सरकार इमान्दार र गम्भीर छ भन्ने पुष्टी हुनेछ । मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजनामा रहेको पनि बताउंदै आएका छन् । यसले पनि मिनी नेपालको रुपमा रहेको लुम्बिनी प्रदेशलाई पर्यटनका माध्यमबाट समृद्ध बनाउन, रोजगारी सिर्जना गर्न सकिने आधार तयार गर्छ । 


    सञ्चालनमा आएको १७ महिनामा लुम्बिनी केबलकारमा ३ लाख १५ हजार पर्यटक भित्रिएको र त्यसमा भारतीइको संख्या उल्लेख्य रहेकाले भारतीय पर्यटकलाई सहज रुपमा नेपाल आउने वातावरण सरकारले बनाउनुपर्ने हुन्छ । भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार, सडकमा अनावश्यक चेकजांच नगर्न र चाहेजति रकम बोक्न र खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्ने हो भने भारतीय पर्यटकहरु हिल स्टेशनमा ठूलो संख्यामा आउन सक्ने देखिएकाले मुख्यमन्त्रीले आफ्ना भनाईलाई व्यवहारमा देखाउन प्रदेश सरकारले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्न जरुरी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij