२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिंदै विमान कम्पनी

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिंदै विमान कम्पनी

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पर्सीदेखि साताको चार दिन भैरहवा–दुबई उडान गर्दै छ भने जजिरा, फ्लाई दुबई  र थाई एअर एशियाका विमानले पनि लगत्तै नियमितउडान गर्दैछन् ।

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिंदै विमान कम्पनी

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिंदै विमान कम्पनी

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पर्सीदेखि साताको चार दिन भैरहवा–दुबई उडान गर्दै छ भने जजिरा, फ्लाई दुबई  र थाई एअर एशियाका विमानले पनि लगत्तै नियमितउडान गर्दैछन् ।

गौतमबुद्ध विमानस्थलमा धमाधम थपिंदै विमान कम्पनी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • भैरहवा । नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले कार्तिक २३ गते (शुक्रवार) देखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।


    उनका अनुसार साताको आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ । हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने भएको छ ।


    थाईल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले पनि एयरबस ए–३२० बाट भैरहवामा परिक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षमा रहेको भैरहवा स्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि उत्साह जागेको छ । कार्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनिले आज आइतबार विहान ७ बजे चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 


    हप्तामा २ वटा उडान गर्ने तालिका तय भएपछि परिक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा पानीको फोहोराले स्वागत गरिएको थियो । केही बेरको बसाईपछि विमान बिहान ७ः४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए । 


    ‘यो तालिका अनुसारकै फ्लाईट हो । अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबारदेखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो १२ः१५ यहाँ अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ’ राउतले भने ।

    भैरहवा विमानस्थलबाट उडान गर्नका लागि केही दिन अघि मात्रै अनुमति पाएको थियो । थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडाँैमा पुनःउडान सुरु गर्न अनुमति पाएको छ ।भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको छ ।यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् । फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ ।

    सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ । त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।


    विमानस्थल स्तरोन्नति भएर उद्घाटन भएको दुई वर्षसम्म पर्याप्त र नियमित अन्तराष्ट्रिय उडान नहुंदा विमानस्थल लक्षित गरी होटेल र पर्यटन व्यवसायमा भएको करिब ८० अर्ब रुपैयां लगानीका व्यवसाय संकटमा परेको भन्दै पर्यटन व्यवसायीहरु लामो समयदेखि आन्दोलनमा छन् ।  


    अब नेपाल एअरलाइन्ससहित जजिरा, फ्लाई दुबई र एअर एशियाले नियमित उडान गरेमा भैरहवा र समग्र रुपन्देहीको पर्यटन व्यवसाय गुल्जार हुने आशामा व्यवसायी छन् । गौतमबुद्ध विमानस्थल हुंदै विदेश जाने यात्रुहरुका लागि आवश्यक सरकारी कागजातका काम हुने सबै कार्यालय विमानस्थलमा तत्काल सञ्चालनमा ल्याउनुपर्ने व्यवासायीको माग छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij