२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आशा जगाउने काम

आशा जगाउने काम

आशा जगाउने काम

आशा जगाउने काम

आशा जगाउने काम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • लुम्बिनी प्रदेश सरकार गठनको सय दिन पुगेको अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको एक सय एक उपलब्धि सार्वजनिक गरेका छन् । प्रदेश मुकाम राप्ती उपत्यका देउखुरीमा गत साता पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले सार्वजनिक गरेका कतिपय बुँदाले शासन प्रणाली प्रति नै आशा जगाउने खालका छन् । मुख्यमन्त्रीले कार्यभार सम्हालेदेखि नै सरकारको काम कारबाहीलाई मितव्ययी बनाउने प्रयास गरेका छन् । 


    पूर्व विशिष्ट पदाधिकारीको नाममा दिईँदै आएको सेवा सुविधा सवारी, इन्धन, मर्मतलगायत फिर्ता गराउने निर्णय कार्यान्वयन भएको छ । लुम्बिनी प्रदेशको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना प्रदेश सरकारबाट स्वीकृत भएको छ । कार्ययोजनामा नैतिकता र सदाचारिता प्रवद्र्धनसम्बन्धी विभिन्न ११ वटा प्रमुख विषयक्षेत्र, सो अन्तर्गतका रणनीति, रणनीति कार्यान्वयनका लागि १०० बढी क्रियाकलाप, जिम्मेवार निकाय, नतिजा सूचक र कार्यान्वयन संयन्त्र समावेश गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री रमन्त्रीहरुका लागि आचारसंहिता जारी गरी लागू गरिएको छ । सुशासन र सदाचारिता प्रवद्र्धनका लागि अनियमितता नियन्त्रण, भ्रमण कार्यको व्यवस्थापन, सार्वजनिक, पदीय एवं पेशागत आचरणका विविध व्यवस्थाहरु आचारसंहितामा समावेश गरिएको छ । प्रदेश सरकारबाट प्रदेश मन्त्रालय÷निकायका लागि १४ बुँदे निर्देशन जारी गरी कार्यान्वयनमा गइसकेको छ । प्रदेश मन्त्रालय÷निकाय तथा कार्यालयबाट प्रवाह गरिने सेवाको प्रभावकारिता अभिवृद्धि, आर्थिक गतिविधिमा मितव्ययिता, सूचना व्यवस्थापन, गुनासोको प्रभावकारी सम्बोधन, सार्वजनिक जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्देशन जारी गरिएको छ । समय पालनाको संस्कृतिलाई मुख्यमन्त्री आफैँबाट सुरुवात गरिएको, सरकारी सवारीसाधनसम्बन्धी प्राप्त पदीय सुविधालाई औचित्यपूर्ण एवं विवेकसम्मत प्रयोग गर्ने संस्कृति मोडेलको रुपमा विकास गर्ने कार्यको थालनी भएको छ ।

    सरकारी कार्यक्रम गर्दा सरकारी हलको प्रयोग गर्ने, भ्रमणका क्रममा सरकारी आवासको प्रयोग गर्नेलगायतका कार्यलाई उच्च प्रतिबद्धताका साथ पालना गर्नुले शासन प्रणालीप्रति नागरिकको विश्वास जगाएको छ  । स्वागत, बिदाई, आतिथ्यता ग्रहणजस्ता समारोहमा खादा, मालाको प्रयोगलाई पूर्णरुपमा निषेध गर्नु पनि सकारात्मक छ ।


    यो सय दिनमा प्रदेश सरकारप्रति नागरिकमा बढ्दै गएको निराशा र नकारात्मक मनोविज्ञानलाई चिर्ने प्रयास भएको छ । प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको छ । यद्यपी अझैँ सरकारले नीतिगत र कानुनी सुधार तथा शासकीय सुधारका धेरै काम गर्न बाँकी छ । शासकीय सुधारमा ध्यान नजाँदा नागरिकमा वितृष्णा बढेको छ । यातायात व्यवस्था कार्यालयमा दुई वर्षभन्दा धेरै भयो, नागरिकले सवारी चालक अनुमति पत्र नविकरण गरेर पाउन सकेका छैनन् । प्रदेश सरकार मातहतका विभिन्न कार्यालयको अझँै पनि वेबसाइट छैनन् । ती कार्यालयको वेबसाइट निर्माणमा सरकारको ध्यान पुगेको छैन । अब ती काम गर्दा सरकारप्रति नागरिकको विश्वास अझैँ बढ्छ ।
    सय दिनका उपलब्धिले प्रस्थान राम्रै भएको संकेत दिएको छ , यद्यपी आगामी दिन चुनौतीपूर्ण छन् । चुनौतीसँग जुधँेर अघि बढ्ने सामथ्र्य हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij