२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पालाई साईकल गन्तव्य जिल्ला बनाउने तयारी

पाल्पालाई साईकल गन्तव्य जिल्ला बनाउने तयारी

पाल्पालाई साईकल गन्तव्य जिल्ला बनाउने तयारी

पाल्पालाई साईकल गन्तव्य जिल्ला बनाउने तयारी

पाल्पालाई साईकल गन्तव्य जिल्ला बनाउने तयारी
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • पाल्पा । पाल्पा साइक्लिङ संघको आयोजनामा जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले कार्तिक २३ गते शुक्रवार देखी शनिवार सम्म दुई दिने ‘सम्पदा साइकल राइड’ संचालन भएको हो ।  संघले पाल्पालाई साइक्लिङ गन्तव्यको रुपमा विकास गर्ने मुख्य उद्देश्यका साथ देशभरीका साईकलयात्रीहरुको पाल्पामा जमघट गराई हेरिटेज राइड संचालन गरेको जनाएको छ । सम्पदा राईडको लुम्विनी प्रदेशका उधोग तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले तानसेनको टुडिखेल बाट शुभारम्भ गरेका छन । 

    पहिलो दिन कार्तिक २३ गते  विहान ७ बजेबाट  तानसेनको टुडिखेल बाट शुरु भएको हेरिटेज राइडको टोली भिमसेन टोल, नारायण मन्दिर, अशनटोल, मखनटोल हुदै  पाल्पा दरबार संग्रहालय, भगवती मन्दिर, ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भैरवस्थान, रिव्दिकोट को हार्थोक, देउराली हुदै ख्याहाको  देवदत्त पार्क सेल्फीडाडा लिस्नेभिर, अर्गली हुदै  रुरु क्षेत्र रिडि सम्म यात्रा तय गरेको जिल्ला साइक्लिङ संघ पाल्पाका अध्यक्ष रुपेश महर्जनले बताए । 

    दोस्रो दिन शनिवार रुरु क्षेत्रका ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन गर्दै ऋषिकेशव मन्दिर बाट साइक्लिङ यात्रा शुरु गरेर कालिगण्डकी करिडोर हुदै रानीमहल, रानीमहल बाट हात्तिढुङ्गा, अवल, नारायणडाडा हुदै गोर्खेकोट बाट तानसेनमा आई समापन हुनेछ । 

    साईकल यात्रामा १ सय ५० जना यात्रुहरु  सहभागी भएका छन । शारिरिक रुपमा आफु अपाङ्ग भएपनि लामो समय देखी साईकल सिकेर एक हातले साईकल चलाउदै विभिन्न प्रतियोगिता देखी विभिन्न साईकल यात्रामा सहभागी भएको पाल्पा सम्पदा साईकलयात्रामा सहभागी पुर्वी नवलपरासी कावासोतीका अनुराग अधिकारीले बताए । साईकल यात्रामा १४ बर्ष उमेर देखी ६५ बर्ष उमेर सम्मका व्यक्तिहरु सहभागी रहेका छन । साईकल यात्रामा २ जना अपाङ्ग, १ जना महिलाको सहभागिताले समावेशी बनाएको छ । 

    वातावरण स्वच्छ सफा राख्न, शरिरलाई स्वस्थ्य तन्दुरुस्त पार्न, निरोगी बन्न, आफुमनखुसी यात्रा गर्दै विभिन्न स्थानको अवलोकन गर्न निकै आनन्द आउने गरेको यात्रामा सहभागीहरुले बताएका छन।  बुढ्यौली उमेर भएपनि पाल्पाको साईकलयात्रामा सहभागी भएको काठमाडौकी महिला साईकलयात्री  उर्मिला शाक्यले बताईन । 

    सम्पदा साईकलयात्राले पाल्पाको धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने, आन्तरीक तथा बाह्य पर्यटकहरुको बृद्धि हुने, स्थानीय आयआर्जनमा बृद्धि हुने र पाल्पालाई साईकलयात्राको गन्तव्यको जिल्ला बनाउने अभियानमा सहयोग पुग्ने छ । संघले आगामी बर्ष पाल्पामा साईकल रेश प्रतियोगिता पनि संचालन गर्ने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij