२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पाका युवाको प्रश्न : तीन बर्षमा भाषण बाहेक युवाको क्षेत्रमा उपलब्धिमुलक के काम गर्नु भयो ?

पाल्पाका युवाको प्रश्न : तीन बर्षमा भाषण बाहेक युवाको क्षेत्रमा उपलब्धिमुलक के काम गर्नु भयो ?

पाल्पाका युवाको प्रश्न : तीन बर्षमा भाषण बाहेक युवाको क्षेत्रमा उपलब्धिमुलक के काम गर्नु भयो ?

पाल्पाका युवाको प्रश्न : तीन बर्षमा भाषण बाहेक युवाको क्षेत्रमा उपलब्धिमुलक के काम गर्नु भयो ?

पाल्पाका युवाको प्रश्न : तीन बर्षमा भाषण बाहेक युवाको क्षेत्रमा उपलब्धिमुलक के काम गर्नु भयो ?
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१


  • पाल्पा । पाल्पाली युवाहरुले  जिल्लाका स्थानीय सरकार प्रमुखहरुलाई तीन बर्षमा भाषण बाहेक युवाको क्षेत्रमा उपलब्धिमुलक के के काम गर्नु भयो ? प्रश्न गरेका छन । 


    तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गगत भट्टराई संग युवाहरुले प्रश्न राखेका थिए ।

    पाल्पाका पाँच वटा स्थानीय सरकारका प्रमुखको सहभागितामा पाल्पा जेसिले  युवाको प्रश्न नेतृत्व संग विषयक खुला बहशमा पालिकाको युवा निती, कार्यक्रम बजेट, रोजगारी, शिक्षा, समान सहभागीता अवशर तथा चुनौती लगायतका विषयमा केन्द्रित रहेको थियो ।  


    बहश कार्यक्रममा ५ वटै पालिकाका प्रमुखहरुले  स्थानीय सरकारलाई मात्र आएको बजेट बाट युवाहरुको मागहरु लाई सम्वोधन गर्न सकिने अवस्था नरहेको राष्ट्रिय निति बनाएर नै काम गर्नुपर्नेमा जोड दिए । अहिले कहि कतै पनि २० बर्ष देखी ४० बर्ष उमेर समुहका युवाहरु पाउन कठिनाई भईरहेको अवस्थामा अधिकाश युवा बाध्यताले घर छोडेको, विदेशीको भएपनि केही युवा शिक्षाको नाममा, राम्रो अवशरको खोजीमा विदेशीको बताए । 


    गाउँपालिकाले छुट्याउने युवा बजेट खेलकुद मैदान निर्माण गर्ने, युवा क्लव भवन बनाउने, पालिकाको युवा समितीका व्यक्तिहरुको भ्रमणर्मा खर्च गर्ने, क्षमता विकासको नाममा तालिम गोष्टिमा खर्च गर्ने तर ठोस उपलव्धिमुलक काममा बजेट नै विनियोजन नगरेको युवाहरुले पालिका प्रमुखहरु माथी आरोप लगाएका छन । युवाहरुले नेतृत्व संग सोधेका प्रश्नहरुको समेत स्थानीय सरकार प्रमुखहरुले गोलमोटोल जवाफ दिएर उम्किएका थिए । 


    पाल्पा जिल्लामा जनसंख्याको करीव ४० प्रतिशत युवाको जनसंख्ष्या भएपनि कुनैपनि पालिकामा युवा शाखा नभएको, बाटोघाटो र भवन निर्माणमा मात्रै बजेट विनियोजन भएको, गुणस्तरीय शिक्षा, स्थानीयतहमै रोजगारी, स्थानीय तहमै उधमी, स्थानीय तहमै उधोगहरु संचालनमा पालिकाहरुले ध्यान नदिएको भन्दै युवाहरुले नेतृत्व समक्ष प्रश्न उठाएका छन ।

    यही अवस्था रही रहे आगामी १० बर्ष भित्र अधिकाश ग्रामिण क्षेत्रका माबी स्तरका विधालयहरु पनि बन्द हुने, जिल्लामा संचालन भएका कलेज क्याम्पसहरु पनि विधार्थीको अभावमा बन्द हुने, हाल संचालनमा रहेका उधोगधन्दाहरु बन्द हुदै जाने, जनगणनामा मात्र युवा हुने बसोवासका हिसावले बृद्ध बृद्धाहरुको संख्या अत्याधिक हुने अवस्थाको सिर्जना हुदै गएकोले पालिका सरकारहरुले पनि ठोस कदमहरु चाल्नु पर्नेमा युवाहरुले जोड दिए । पालिका प्रमुखहरुले कृषि, पशुपालन क्षेत्रमा युवा लक्षित बजेट विनियोजन गरेको, सिपमुलक तालिमहरुमा बजेट विनियोजन गरेपनि प्रभावकारीता नदेखिएको गुनासो गरेका छन । सिपमुलक तालिम दियो एक दुई महिना देखी एक बर्ष सम्म गर्छन त्यसपछी छोडेर विदेशीक रोजगारमा जाने प्रचलन बढेको पालिका प्रमुखहरुले बताएका छन । 

    स्थानीय सरकारमा बनेका युवा निति कार्यान्वयन गराउन, युवा कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न, गराउन स्थानीयस्तरमा युवा रोजगारी बढाउन, घोषणापत्र तथा नितिमा उल्लेख भएका कुरा कार्यान्वयन गराउनको लागी पाल्पा जेसिसले युवाको प्रश्न नेतृत्व संग कार्यक्रम संचालन गरेको अध्यक्ष अर्जुन कार्कीले बताए ।

    स्थानीय सरकारले बहशमा प्रतिवद्धता गरेका कुराहरु कार्यान्वयन भए नभएका कुराहरु लाई सार्वजनिक गर्न अर्को बर्ष यस्तै बहश संचालन गर्ने अध्यक्ष कार्कीले बताए । बहश कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले बहश कार्यक्रम निकै प्रभावकारी भएको स्थानीय सरकार र प्रदेश सरकार विच बाझिएका कानुनहरुको समाधानमा ध्यान दिने बताए । बहश कार्यक्रमको सहजीकरण श्रीपाण्डे र कला दाहालले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij