२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीमा उद्योग, व्यवसाय बन्द हुने क्रम बढ्दो

रुपन्देहीमा उद्योग, व्यवसाय बन्द हुने क्रम बढ्दो

आर्थिक वर्ष २०७९/८० मा २१७ उद्योग बन्द भएकामा २०८०/८१ मा ३५४ वटा उद्योग बन्द भएका छन् ।

रुपन्देहीमा उद्योग, व्यवसाय बन्द हुने क्रम बढ्दो

रुपन्देहीमा उद्योग, व्यवसाय बन्द हुने क्रम बढ्दो

आर्थिक वर्ष २०७९/८० मा २१७ उद्योग बन्द भएकामा २०८०/८१ मा ३५४ वटा उद्योग बन्द भएका छन् ।

रुपन्देहीमा उद्योग, व्यवसाय बन्द हुने क्रम बढ्दो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१

  • भैरहवा ।  रुपन्देहीमा पछिल्लो समय उद्योग र व्यवसाय बन्द  हुने क्रम बढ्दो रहेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको तथ्याङ अनुसार विगतका वर्षहरुको तुलनामा उद्योग र व्यवसायीक फर्महरुको नविकरण घट्नु र नयाँ फर्म दर्ता न्यून मात्रामा भएको पाइएको छ । विविध कारण देखाउदै उद्योग र व्यवसायहरु बन्द हुदै गएका छन ।

    आव २०७९/८० मा एक हजार १३० वटा उद्योग दर्ता भएकोमा गत आवमा ८३७ वटा उद्योग मात्रै दर्ता भए, यस्तै आव २०७९/८० मा २१७ उद्योग बन्द भएकामा आव २०८०/८१ मा ३५४ वटा उद्योग बन्द भएको छ । आवको दुई महिनामै १०८ वटा उद्योग बन्द भएका छन् । साउनमा ९१ उद्योग दर्ता हँुदा ४१ बन्द भएका र भदौमा १७३ उद्योग दर्ता हुँदा ६७ वटा बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख लोककुमार कार्कीले भने ।

    कार्कीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको थियो । सोही अवधिमा कृषि तथा वनजन्य ४१९, उत्पादनमूलक २८१, सेवामूलक २४४ र पर्यटन उद्योग १८६ वटा गरी एक हजार १३० वटा उद्योग दर्ता भएको थिए । तथ्याङक अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा उद्योग दर्ताको संख्या घटेको र उद्योग बन्द गर्नेको संख्या बढेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अनुसार पनि ३ वर्षमा नविकरण गर्नेको संख्यामा बढोत्तरी हुदै गएको छ । कार्यालयका अनुसार २०७९ मा ४ हजार २ सय १४ वटा प्राइभेट फर्म र २ सय ६ वटा साझेदारी फर्म नविकरण गरेको थियो । २०८० मा यो संख्या करिब १ हजारले घटेर प्राइभेट फर्म ३ हजार २ सय ३९ पुग्यो भने साझेदारी फर्म २०७ रह्यो । यस्तै यो वर्षको ६ महिनामा २ हजार ४ सय ९१ वटा प्राइभेट र १२० वटा साझेदारी फर्म नविकरण भएको छ । नयाँ दर्ताको संख्यामा पनि घटेको छ । आर्थिक वर्षको सुरुवात प्राय गरिने नयाँ फर्म दर्ता पहिलो महिनामा २१ वटा प्राइभेट र २ वटा साझेदारी फर्म दर्ता भएको छ भने भदौमा १७ वटा प्राइभेट र २ वटा साझेदारी फर्म दर्ता भएको कार्यालयका कम्प्युटर अपरेटर श्रीराम उपाध्यायले जानकारी दिए ।

    कोभिड-१९ को असरसँगै लगत कट्टा गराउनेको संख्या बढ्दै गएको छ । लगानी अनुसारको प्रतिफल नपाए पछि संचालकहरुले बन्द गर्नुपर्ने बाध्यत्मक स्थिति बन्ने गरेको छ । यसका साथै आर्थिक मन्दीका कारण घरभाडा, कर्मचारी तलव, बैंक किस्ता समयमा भुक्तानी गर्न नसक्दा , बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द गर्नुपरेको बताउछन । जिल्लामा व्यवसायी विस्थापित हुने क्रम बढ्दै गएपछि यी फर्मले लगतकट्टा गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । धमाधम उद्योगहरु बन्द हुदा यस्को असर सबैतिर पर्ने गरेको छ । 

    साना स्वरोजगार हुने उद्योगहरुमा आर्थिक मन्दी बढि परेको छ, ती उद्योगहरु बढि खारेज गर्न कार्यालय आउने गरेको तथ्याङक छ । साना उद्योग ब्यावसाय बन्द हुदा सोही अनुसार रोजगारी पनि खोसिदै गएको छ । रोजगारी गुमेको छ भने व्यवसाय बन्द भएपछि बजारका व्यावसायिक सटरहरु पनि खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी विस्थापित समेत हुन पुगेका छन् ।
    अहिले नयाँ उद्योग तथा व्यवसाय फर्मको दर्ता गर्दा स्थानीय पालिका मार्फत पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु दर्ता हुने व्यवस्था भएकोले पनि यहाँ कार्यालयमा साना उद्योगको दर्ता घटेको छ । 

    जिल्लामा संचालित साढे १८ हजार घरेलु तथा साना उद्योगमा करिब ४४ अर्ब लगानी भएको छ । यसबाट ४६ हजार जतिले रोजगारी पाएका छन् । यसमध्ये ७० प्रतिशत महिला मात्रै रोजगाररत छन् । उत्पादन, कृषि तथा वन, पर्यटन र सेवामूलक नयाँ उद्योग थपिने क्रम घट्दै जानु र पूराना उद्योग बन्द हुँदा निजी क्षेत्रमा निराशा छाएको छ । राज्यले श्रमप्रधान तथा उर्जा खपत न्यून हुने प्रकृतिका उद्योगलाई घरेलु र पाँच करोडसम्मको स्थिर पूँजी लगानी हुने उद्योगलाई साना उद्योग अन्तर्गत राखेको छ ।

    बन्द हुने उद्योगमा उत्पादनमूलक, कृषि तथा वन, सेवामूलक लगायतका बढि छन भने वाणिज्यतर्फका किराना, फेन्सी, हार्डवेयर, कपडा, कस्मेटिक, इलेक्ट्रीक,मोबाइल कम्प्युटर, मदिरा र  विविधका फर्महरु बन्द भएको कार्यालयले जनाएको छ । आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म नवीकरण नभएर बन्द हुन पुगेका छन । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राज्यको नितिगत कारण, झन्झटिलो प्रक्रिया, आर्थिक मन्दी, कामदार नपाउने र चलिरहेको उद्योगको उत्पादनमा कमि आएकोले उद्योगी-व्यवसायीले आफ्नो फर्म बन्द गर्न बाध्य भएको बताए ।

    उद्योग र व्यापारिक फर्मको संख्या घट्नु भनेको निजि क्षेत्र धरासायी हुदै गएको हो, यो चिन्ताको विषय हो । तिन तहको सरकार भएको मुलुकमा एउटा साना उद्योगका लागि ३ ठाउमा दर्ता गर्नुपर्ने, ३ ठाउमा कर तिर्नुपर्ने झन्झटिलो प्रक्रिया एकातर्फ छ भने बजार संकुिचत भएकोले उपभोक्ता र उत्पादनमा कमि आयो यो रुपन्देहीमा मात्रै होइन नेपाल भरि नै कै अवस्था रहेका छ  । 
    उत्पादनमुखी गराउनुमा सहुलियत दिनुको साटो राज्य आयतमुखी भएकोले भन्सारलाई नै प्रमुख स्रोतको रुपमा मानेको छ ।

    सरकारले ठूलो कुरा गर्नुपर्ने छैन निजि क्षेत्रले राखेका स साना कुरा मात्रै सम्बोधन गरे यो अवस्था आउने छैन । मौद्रिक नितिलाई उद्योग र व्यवसाय मैत्री बनाउनु पर्ने आवश्यक छ नयाँ बनेको सरकारले केही गर्छ भन्ने आशा रहेको छ । 

    सरकारी नीति, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज, कोरोना महामारी, आर्थिक मन्दी जस्ता कारण उद्योग बन्द हुने क्रम पनि बढीरहेका छन । नयाँ उद्योग खुल्ने क्रम घट्ने र पूराना उद्योग बन्द भइरहँदा पनि वास्तविकता बुझेर समस्या समाधन गर्नेतर्फ तीनै तहका सरकारको ध्यान गएको देखिँदैन ।  

    उपभोक्ता घट्दै जाँदा र आर्थिक मन्दीका कारण रुपन्देहीमा घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको छ । थोरै लगानीमा सञ्चालन गर्न सकिने र उर्जा खपत तथा कामदार सहजै पाइने भएपछि लगानी गर्नेहरु धेरै थिए । तर, पछिल्लो तीन वर्षयता नयाँ उद्योग दर्ता गर्ने क्रम घट्नुका साथै पुराना बन्द गर्ने क्रम बढेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij