२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मंसिर २० देखि लुम्बिनी महोत्सव

मंसिर २० देखि लुम्बिनी महोत्सव

मंसिर २० देखि लुम्बिनी महोत्सव

मंसिर २० देखि लुम्बिनी महोत्सव

मंसिर २० देखि लुम्बिनी महोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव-२०८१’ हुने भएको छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पुस १ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न सेवा तथा बस्तुका ३ सय वटा स्टल रहने आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराए । ३ सय स्टल मध्ये संघमा आवद्ध सदस्य व्यवसायीलाई १० वटा स्टल निशुल्क दिइने संघले जनाएको छ । 

    महोत्सवले भैरहवा क्षेत्रको आर्थिक चलायमान बनाउन महत्वपूणर् टेवा पुग्नेसंघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले बताए । आर्थिक मन्दीको असर कायमै रहेका बेला मेला-महोत्सवको अनुकुल नभएको भए पनि स्थानीय व्यवसाय प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको श्रेष्ठले बताए ।

    महोत्सव नाफा कमाउने उद्देश्यले आयोजना गरेकोनभई स्थानीय व्यवसायको प्रबद्र्धन गर्नका लागि निरन्तरता दिएको उनको भनाई छ ।  महोत्सव अवधिमा स्थानीय उत्पादन तथा व्यवसाय प्रबद्र्धन गर्नका लागि विभिन्न बिषयगत बिज्ञसहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर महोत्सवलाई सार्थक बनाइने दावी उनले गरे ।

    महोत्सवले स्वदेशी उत्पादन तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रबद्र्धन गर्ने बिश्वास लिइएको उनले जनाए ।

    रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य महोत्सवको रहेको संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।

    महोत्सवलाई सफल र सार्थक बनाउन आयोजक सिद्धार्थ उद्योग बाणिज्य संघको मात्र नभएर भैरहवाका  स्थानीयबासीको महत्वपूणर् भूमिका रहने आचार्यले अपेक्षा गरे । महोत्सवको अवलोकन गर्नका लागि उत्साहित बनाउने बतावरण तयार गरि महोत्सवमा भएका गतिविधिलाई उजागर गरिदिन उनले संचारकर्मीहरुलाई आग्रह गरे ।

    लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सवलाई निरन्तरता दिन सक्नु ठूलो कुरो भएको र दैनिक हजारौंको संख्यामा सामान किनमेलका लागि सीमावर्ती भारतीय बजार पुग्ने गरेका नेपाली उपभोक्ताको प्रबृत्ति चुनौतीपूणर् बन्दै गएकाले यसतर्फ बिशेष पहल गर्नु पर्ने बताए ।

    जिल्लामा सरुवा भई आउने सुरक्षा प्रमुख लगायतका अन्य कर्मचारीलाई सर्वेसर्वा मानेर आवश्यकता भन्दा धेरै महत्व दिने गर्नाले सीमावर्ती जिल्लाहरुमा व्यापक रुपमा चोरी तस्करी बढ्ने गरेको उनले बताए ।

    महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
    कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादन आदिका मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन राखिने महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको रहेको सचिव मंगल भण्डारीले बताए । 

    संघले २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजना गर्न सुरु गरेको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने र सिमावर्ती भारतीय शहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने बिश्वास लिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij