२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल मण्डपमा

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल मण्डपमा

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल मण्डपमा

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल मण्डपमा

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल मण्डपमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि अन्तर्राष्ट्रिय प्रदर्शनीय स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएको छ । मेला सम्बन्धि सबै गतिविधि मेला स्थलबाटै गर्नेगरी सचिवालय स्थापना गरिएको कार्यसम्पादन समितिका सचिव, मेलाका प्रवक्ता तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

    ‘लगानी लुम्बिनीमाः समृद्धि देशमा’ भन्ने नारा सहित संघले आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेलाको तयारी गरेको छ । यो मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । 

    मेला सम्पन्न गर्नको लागि संघले यस अंगाडि नै कार्यसम्पादन समिति तथा विषयगत समितिहरु गठन गरि तयारीका काम अगाडि बढाएको संघले जनाएको छ । ‘मेलालाई चुस्त र दुरुस्त बनाउने प्रयास गरेका छौं ।’ कार्यसमितिका संयोजक अर्यालले भने-‘यो मेला विगतमा हामिले गरेका र हाम्रा सहयोगी संस्थाहरुले गरेका मेला भन्दा धेरै फरक हुनेछ ।’

    उनका अनुसार कानुनले वर्जित गरेका कुराहरुलाई मेलामा समावेश गराईने छैन । त्यसैगरी मेलाको अर्को महत्वपूणर् पाटो सांस्कृति कार्यक्रमलाई पनि थप व्यवस्थित गरिने छ । बुटवल उद्योग वाणिज्य संघले सुरु गरेको दोहोरी गित प्रतियोगिता, भ्वाईस अफ बुटवललाई निरन्तरता दिईने र अरु राम्रा कार्यक्रम ल्याईने कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृतिक कार्यक्रमका समन्वयकर्ता टंकप्रसाद गैरेले जानकारी दिए ।

    त्यसैगरी मेलाको उद्देश्य अनुसार बस्तुको प्रदर्शनीलाई समेत ध्यानमा राखेर गुणस्तरीय बस्तुको प्रदर्शनी तथा विक्रिवितरण गर्नेगरी स्टल बुकिङ खुला गरिएको कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वयकर्ता सुरज भट्टराईले जानकारी गराए ।

    उनका अनुसार मेलामा ईनडोर ४४३ स्टल रहने छन् भने होटल रेष्टुरेन्ट, अटोमोवाईल्सका करिव ३० स्टल आउटडोरमा रहने छन् । हालसम्म २ सय बढी स्टल सम्पर्कमा आईसकेको पनि उनले जानकारी गराए ।

    मेलालाई सफल बनाउनको लागि सबैसंग रायसुझाव तथा परामर्श लिईने छ । संघले राजनीतिक दल तथा संघसंस्थासंग समन्वयको लागि कार्यसम्पादन समितिका उपसंयोजक विमलराज भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको छ । सोही अनुसार मेलामा सबै पक्षलाई समेट्ने गरी राजनीतिक दल तथा संघसंस्थासंग समन्वय गरिने कार्यसम्पादन समितिका उपसंयोजक विमलराज भट्टराईले बताए । 

    मेला सम्पन्न गर्नको लागि सबैभन्दा महत्वपूणर् पाटो अर्थको रहन्छ । त्यसको लागि मुख्य प्रायोजक, प्रायोजक, सहप्रयोजक र विज्ञापनदाताहरुसंग संवाद र छलफल भईरहेको आर्थिक समिति संयोजक तथा आर्थिक क्षेत्र समन्वयकर्ता बसन्तप्रसाद ढकालले बताए । 

    उत्पादक र उपभोक्तालाई जोड्ने पुलको रुपमा यो मेलालाई लिईएको छ । मेलालाई सफल बनाउने अर्को महत्वपूणर् पाटो प्रचारप्रसारको हो । प्रचार प्रसारलाई व्यापक बनाउने गरी काम भईरहेको प्रचारप्रार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । मेलामा जतिसक्यो धेरै उपभोक्तालाई भित्र्याउन सकियो भने त्यसको सार्थकता पाउन सक्छ ।

    सोही अनुसार मेलाको बारेमा धेरैभन्दा धेरै व्यक्तिलाई सन्देश पुर्याउनको लागि प्रचारप्रसारको काम सुरु भईसकेको प्रचारप्रसार समितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराए । 

    मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिईने छ । स्वागत सत्कार तथा महिला उद्यमी सहभागिता संयोजन समितिकी समन्वयकर्ता धनकुमारी खनालका अनुसार मेलामा सहभागि हुने महिला उद्यमीका उत्पादन, कृषिजन्य उत्पादन तथा हस्तकलाका सामाग्रिका स्टललाई विशेष छुट प्रदान गरिने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij