२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

०५६ सालदेखि कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई परीक्षाको मौका

०५६ सालदेखि कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई परीक्षाको मौका

०५६ सालदेखि कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई परीक्षाको मौका

०५६ सालदेखि कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई परीक्षाको मौका

०५६ सालदेखि कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई परीक्षाको मौका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • रााष्ट्रिय परीक्षा बोर्डले २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका कक्षा ११ र १२ का परीक्षार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । 


    बोर्डले आइतबार सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको जानकारी गराएको छ । 


    सूचनाअनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने छन् । 


    पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीलाई मौका परीक्षा दिन पाउनु सकारात्मक छ । यो २१ वर्षको अवधिमा अनुत्तिर्ण परीक्षार्थीको संख्या करिब  १४ लाख रहेको अनुमान छ । तर यति लामो अवधिपछि परीक्षा दिन पाउने व्यवस्थाले अनुत्तीर्ण विद्यार्थीहरु उमेरले पनि धेरै पाको भइसकेका छन्, जसका कारण पढाइलाई निरन्तरता दिन अपवादबाहेक इच्छुक नहुने भएकाले यो परीक्षामा ज्यादै थोरै सहभागी हुने अनुमान छ ।   


    यो निकै ठूलो संख्या हो । तर कति जनाले मौका परीक्षाका लागि फारम भर्छन् भन्ने यकिन छैन । मौका परीक्षामा सहभागी हुन फाराम भर्ने परीक्षार्थीको संख्या हेरेपछि कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्नेछ । धेरै विद्यार्थीले नै मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । 


    राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो । सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यव्रmममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो । 


    तत्कालीन परिषद्ले २०५६ सालदेखि भने आफ्नै पाठ्यक्रमबाट कक्षा ११ र १२ को पढाइ सञ्चालन गरेको थियो । २०५२ देखि २०५५ सालसम्मका विद्यार्थीले पनि मौका परीक्षा माग गरेर आए भने फेरि निर्णय गरेर मौका परीक्षाको व्यवस्था गरिने बोर्डको भनाइ छ । विगतमा परीक्षा दिएर अनुत्तीर्ण भएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थी आउने बैशाखमा हुने परीक्षामा सहभागी हुन पाउने छन् । 


    यस्ता विद्यार्थीलाई आगामी मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न पनि बोर्डले अनुरोध गरेको छ । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने छ । जेहोस् यो व्यवस्थाले मौका परीक्षा दिएर आफ्नो शैक्षिक योग्यता अघि बढाउन चाहने विद्यार्थीका लागि भने यो निर्णय सकारात्मक छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij