२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दिपल इभी गाडी अब बुटवलमा

दिपल इभी गाडी अब बुटवलमा

दिपल इभी गाडी अब बुटवलमा

दिपल इभी गाडी अब बुटवलमा

दिपल इभी गाडी अब बुटवलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • बुटवल । चीनको सबैभन्दा पुरानो चांगान अटोमोबाइल कम्पनीको उत्पादन दिपल इभी गाडीको आइतबार रुपन्देहीमा सार्वजनिक गरिएको छ ।

    नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लुले लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा दिपल इभी गाडी सार्वजनिक गरेको हो । 

    उक्त इभी गाडीको आइतबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, शिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका थिए।

    त्यस अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे । उनले बुटवल जस्तो व्यवसायीक सहरमा चांगान र अन्य ब्रान्डहरु व्यवसायीक सेवा सुरु गर्नुले यहाँको आर्थिक क्रियाकलाप बढने अपेक्षा गरे । उनले गाडी विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

    बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए । उनले दिपलका ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

    चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भएका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।


    दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु समावेश गरिएको छ ।

    यस्तै एमएडब्लु वृद्धिले  मंगलबार बाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निः शुल्क चार्जर पाउनेछन । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि उपलब्ध हुने कम्पनीका तर्फबाट जारी बिज्ञप्तीमा जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij